'सहिदको व्यवस्थापन सर्वदलीय निर्णय अनुसार नै हुनुपर्छ'

  • माघ १३, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,माघ १३ गते । 

कञ्चनपुर कमला सडक खण्ड निर्माण कार्यलाई समयमै सम्पन्न गर्न लहानको मुख्य चोकमा रहेको सहिदपार्क लहान नगरपालिकामा सम्पन्न सर्वदलीय बैठकमा भएको सर्वसम्मत निर्णयलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । हाल सहिदपार्क रहेको स्थानदेखि ५० मिटर दक्षीणमा रहेको तरकारी बजारमा सहिदपार्क राख्ने सर्वसम्मति भएको थियो । 

जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडाले वाणिज्य संघको कार्यालयमा आज शनिबार  सरोकारवालाहरुसँग राख्नु भएको अन्तरक्रियामा यस्तो आवाज उठेको हो । 

अन्तर्क्रियामा प्रदेशसभा सदस्यहरु राज कुमार गुप्ता ललिता दास विद्रोही लहान नगर उपप्रमुख राम चलितर महतो नेपाली काँग्रेसका प्रतिनिधि तथा वडा नम्बर -३ का वडाध्यक्ष रामदयाल महतो,एकिकृत जनता समाजवादी पार्टीका लहान नगर अध्यक्ष बिनोद साह जसपा अध्यक्ष मुरारी प्रसाद साह,जनमतका अध्यक्ष सुभाष जयसवाल र राप्रपाका गङ्गा देवी यादवले आफ्नो धारणा राख्नुभयो । 

प्रदेशसभा गुप्ताले सर्वदलीय निर्णय अनुसार सहिद पार्कको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै ओभरपास र अण्डरपास निर्माणको क्रममा लहानको मुख्य चोकमा पिलर निर्माण भए झन् राम्रो हुने बताउनुभयो । 

अर्का प्रदेशसभा सदस्य दासले केहि व्यापारीहरुको स्वार्थ पुरा गर्न सडक निर्माण कार्यमा अवरोध गर्न नहुनु बताउनुभयो । उहाँले भन्नुभयो,'सहिद पार्क राख्ने ठाउँमा हनुमान र महादेवको मुर्ति स्थापना  हुनुहुँदैन्थ्यो । सर्वदलीय निर्णय भएको ठाउँमा मुर्ति निर्माण गरिरहेको बेला नगरपालिकाले ध्यान नदिनु चिन्ता र गम्भीर विषय हो । सर्वदलीय बैठकको भावना अनुसार नै सहिद पार्कको व्यवस्थापन हुनुपर्छ ।'

नगरउपप्रमुख महतोले सहिदको व्यवस्थापन सर्वदलीय बैठक अनुसार नै हुनुपर्ने तर्क गर्नुभयो । ओभरपास र अन्डरपास निर्माणसँगै सहरी क्षेत्रको पानी निकासको लागि ढल निर्माणकार्य अघि बढ्नुपर्ने उहाँले जोड दिनुभयो । 

कञ्चनपुर कमला सडकको पश्चिमी खण्डका प्रमुख उज्जवल श्रेष्ठले ओभरपास र अन्डरपासको नक्सामा हेरफेर गर्न नमिल्ने बताउनुभयो । उहाँले थप्नुभयो,'११ महिना समय मात्रै रहेको छ । ढल निकास लगायत  फुटपाथ लगायतका साना कार्यक्रमहरुमा विचार त गर्न सकिएला तर  ओभरपास र अन्डरपास निर्माणको क्रममा पर्खालको ठाउँमा पिलर राख्न मिल्दैन । यसो गर्दा सात गुणा खर्च बढ्ने छ ।'

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A