राम्रो अभ्यास आदान प्रदान गरेर शिक्षा सुधार गरौ : उपप्रमुख महतो

  • फागुन ७, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन ७ गते । 

लहान नगरपालिका उपप्रमुख राम चलितर महतोले सामुदायिक र संस्थागत विद्यालयका राम्रो अभ्यास आदान प्रदान गरेर लहानको शैक्षिक अवस्था सुधार गर्नुपर्ने बताउनु भएको छ । 

लहान एभरेष्ट कलेज /विद्यालयको २४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित सांस्कृतिक एवं पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

लहान नगरपालिकामा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका राम्रो अभ्यास हरुलाई आदान प्रदान गर्ने माहोल बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । उपप्रमुख महतोले भन्नुभयो,''अनुगमन र अनुभवको आधारमा दुई वर्षमा आफूले पाएको छु । यस अनुभवलाई व्यवहारिक रुप दिन लाग्नेछौ ।''

कार्यक्रममा अभिभावकको तर्फबाट पूर्व उद्योग राज्यमन्त्री पद्म नारायण चौधरी गङगाराम यादव र पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले एभरेष्ट क्लेजले लहानको शैक्षिक उन्नयनमा एभरेष्ट क्लेजले अहम भूमिका खेलेको चर्चा गर्नुभयो ।

अभिभावक दिवसको अवसरमा त्यस कलेजमा पढाउनु हुने नेपाली विषयका प्रध्याकहरु भैरव प्रसाद गेलाल,दिप नारायण साह, कमर्शका शोभा रौनियार शिक्षिकाहरु मनिषा चौधरी कबिता खडका पुनम यादव र प्रशासन शाखाका ललित महतोलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । 

यसैगरी लहान-१० का डा अमर गुप्ताले सानो र हलुको गोजीमा राख्न सक्ने एक्सरे अविष्कार गरेर देशको मान शान बढाउने काम गरेकोले डा अमर गुप्ताको पिता अर्जून प्रसाद गुप्तालाई सम्मेत दोसल्ला ओढाएर सम्मानित गरेका थिए । बीचबीचमा विधार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत गीत नृत्यबाट मनोरञ्जन प्रदान गरेका थिए । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A