पत्रकारितामा जवाफदेहिता आवश्यक : अध्यक्ष यादव

  • फागुन १५, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, फागुन १५ गते । आम सञ्चार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारितामा जवाफदेहिता आवश्यक रहेको बताउनु भएको छ । 

जय माता दी मिडिया हाउस प्रालिद्वारा सञ्चालित बालासुन्दरी खबर राष्ट्रिय साप्ताहिक पत्रिकाको विमोचन गर्दै सोमबार सिरहाको भगवानपुरमा यस्तो बताउनु भएको हो । 

व्यवस्था परिवर्तनसँगै पत्रकारिताको विकासले गति लिनु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो,'पत्रकारितामा जवाफदेहिता र पत्रकार आचार संहितालाई समेत ध्यानमा राखेर पत्रकारिता गर्न आवश्यक देखिएको छ ।' 

नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले ग्रामीण क्षेत्रमा पत्रकारिताले गति लिइरहेको बताउनुभयो । उहाँले थप्नुभयो,' सिकारु पत्रकारहरुले सिक्ने जागर राखेर काम गर्नु जरुरी छ । महासंघले तालिमको व्यवस्था मिलाउन गृहकार्य गरिरहेको छ ।' 

बालासुन्दरी खबर साप्ताहिकका सम्पादक राम एकबाल रामले नियमित ग्रामीण भेगका समाचारलाई प्राथमिकता दिई पत्रकारिता अचार संहिताको पालना गरी प्रकाशित गरि रहने विश्वास व्यक्त गर्नुभयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A