'खेलकुदमा जोडेर लागुऔषधको लतबाट जोगाउनुपर्छ'

  • फागुन १६, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन १६ गते । 

लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुदमा युवाहरुलाई जोडिए लागु औषधको लतबाट बचाउन सकिने बताउनु भएको छ । नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगिता आयोजना भएको छ ।'सामुदायिक विद्यालयको सुधार गरेर समाजमा देखिएको शैक्षिक विभेद न्युनिकरण गरिने उहाँले प्रष्टयाउनुभयो । 

प्रतियोगिता निष्पक्ष रुपमा हुने र खेलकुदलाई बढावा दिन लहान नगरपालिकाले प्रशंसनीय कार्य गरिरहेको नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले भन्दै संस्थागत विद्यालयहरुको शौचालय र खेल मैदान भएको नभए अनुगमन आवश्यक रहेको तर्क गर्नुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा पाँच दर्जन विद्यालयहरुको सहभागिता रहेको छ । 

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A