सबै बाम एक ठाम स्वभाविक र प्राकृतिक गठबन्धन

  • फागुन २८, २०८०
  • समृद्धिपथ
alt

तीन बाम एक ठाम प्रकृतिक बाम गठबन्धन 

                                   जीवछ उदासी लहान 

                                       फागुन २८ गते ।

हामी अहिले उन्नत लोकतान्त्रिक अभ्यासमा छौं । अभ्यासको क्रममा त्रुटिहरु हुन जान्छ । त्रुटि कमजोरीहरुबाट सिकेर अघि बढ्नुपर्छ । जमेको पोखरीको पानीभन्दा बगिरहेको नदीको पानी सङगलो हुने गर्दछ । संसदीय व्यवस्था सदनमा टाउको गनेर बहुमत पुरयाउने भएकोले सरकार बनाउने संख्या पुरयाउन कहिलेकाहि नसोचेको समिकरणहरु भइरहेको हुन्छ । संख्या पुरयाउनकै लागि कहिले प्राकृतिक त कहिले अप्राकृतिक गठबन्धन भइरहन्छ । संख्या पुरयाउनको लागि प्राकृतिक गठबन्धन हुनुपर्दछ। नेपालको सन्दर्भमा बाम लोकतान्त्रिक गठबन्धन र पुँजीवादी लोकतान्त्रिक गठबन्धन हुनु अपरिहार्य छ । लोकतन्त्रको दीर्घ आयुको लागि नेपाली काँग्रेसको अगुवाइमा विचार मिल्नेहरुको गठबन्धन र एमाले माओवादी समाजवादीहरुको बीचको गठबन्धन हुनुलाई राजनीति सहि दिशाबाट अघि बढिरहेको बुझ्नुपर्छ। कुनैपनि लोकतान्त्रिक दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । लोकतन्त्रको विकल्प नै लोकतन्त्र भएकोले लोकतान्त्रिक पार्टीहरु सवल भए लोकतन्त्र सफल हुने मान्यता नै साझा दृष्टिकोण हो । नेपालको राजनीतिमा दुई ध्रुव हुन आवश्यक छ । एउटा ध्रुवको नेतृत्व नेपाली काँग्रेस अर्को ध्रुवको नेतृत्व कम्युनिष्ट पार्टीहरुले गरिरहनुपर्छ । 

अहिले फेरि बाम लोकतान्त्रिक गठबन्धनमा जसपा र रास्वपा समेतको जोडबलमा प्रचण्डको नेतृत्वमा गठन भएको सरका प्राकृतिक गठबन्धनतर्फ देश उन्मुख भएको छ । बामपन्थी शक्तिहरु एक ठाउँमा भएपछि गैर वामपन्थी शक्तिहरु यसलाई भत्काउन कुल देउतालाई पनि भाकल गर्ने मात्रै होइन,भत्काउन सारा बुता खर्चिने गर्छ । अहिले प्रचण्ड ओली माधव नेपाल एक ठाउँमा उभिएको मन नपराउने गैर बामपन्थी शक्तिहरु बाम लोकतान्त्रिक गठबन्धन जन्मेकै दिनदेखि जन्म दिनको शुभकामना ह्यापी बर्थडे भन्नु पर्नेमा यो गठबन्धन धेरै भयो भने छ महिना एक वर्ष भनेर आयु किटान गर्न थालेको छ । बिगतमा बामपन्थी एकता टिक्न नसकेको उदाहरण पेस गरेर यसो भनिरहेको छ । नेपालको राजनीतिमा उतर दक्षिणको प्रभावले गठबन्धनको आयु चिया पसल चौतारा भोज स्थल जयन्ती र मलामीमा भेला भएको स्थलहरुमा समेत भेला भएपछि किटान गरिरहेको सुनिन्छ । यो गठबन्धन कति दिन नै चल्छ ।‌ लोकतन्त्रमा तर्क गर्न आफ्नो विचार राख्न पाइन्छ । तर,तर्क र दृष्टिकोण अब लोकतन्त्रलाई सवल र सफल बनाउन केन्द्रित हुनुपर्दछ। 

बाम लोकतान्त्रिक गठबन्धन अब कुनै हालतमा भत्किनु हुँदैन । विगतमा भएका कमि कमजोरी,फुट र टुटबाट पाठ सिक्न जरुरी छ । ओली दाहाल र नेपालबीचको सम्बन्धमा दरार नआओस् यसको लागि तीनै दलका नेता कार्यकर्ता समर्थक र शुभचिन्तकहरु सचेत र सजग हुन जरुरी छ । यसको लागि साझा नीति अनुसार साझा कार्यक्रम बनाएर जान जरुरी छ । अहमता अहंकार बोली र शैलीमा सुधार हुन जरुरी छ । तीनै दल र तीनै दलका शिर्ष नेताहरुको अन्तिम परीक्षापनि हो । ठूलो अवसर र ठूलो चुनौतीपनि हो । अब देश र जनताको लागि राहत महसुस हुने गरी काम भएन भने २०८४ को चुनावमा जनताले माफी दिइने छैन् । तसर्थ,अब अर झग्डा आपसी विवाद,षडयन्त्र जालझेलमा नलगि समृद्धि र समाजवादको लागि अघि बढ्नुको विकल्प छैन् । सबैलाई कसरी मिलाएर राख्ने चित बुझाउने विधि र विधान बनाउने चिनौती त छ तर यस चुनौतीमा फेरि अवसरै अवसर पनि छ । 

म बाम एकता अभियानी भुइ मान्छेको मनमा खेलिरहन्छ यो एकतालाई कसरी टिकाउन सकिन्छ ? एकताको लागि सबैमा हार्दिकता हुनु आवश्यक छ । मन माजिएको एकता भएन भने फेरि टुट्ने फुट्ने संभावना त्यतिकै हुनेछ । विगतमा भएको एकता फुटेपछिको पीडा सम्झिदा अगुल्टोले हिकाएपछि विजुली देख्दा तर्सिने उखान नै चरितार्थ हुने हो कि ? यस्ता आश्काहरु उत्पन्न हुनु स्वभाविकै पनि हो ‌ । यसको लागि तल देखि माथिसम्मका नेता कार्यकर्ताहरु संयम भएर आफ्नो आफ्नो ठाउँमा वस उठ छलफल र विचारको आदान प्रदान गर्न जरुरी छ । नजिक भएर हार्दिकता बढाएउँदै गएपछि वास्तविक एकताको लागि माहोल बन्दै जानेछ । बाम एकताको रुप लिएपछि वडा देखि केन्द्रसम्मा जन प्रतिनिधि कमिटि र पार्टी परिचालन कमिटिको निर्वाचन गरेर पार्टीको नेता कार्यकर्ताहरुको व्यवस्ञापन गर्न सकिन्छ । एक कार्यकाल जनप्रतिनिधि कमिटिमा र एक कार्यकाल पार्टी परिचालन कमिटिमा रहनु पर्ने प्रावधान गर्यो भने यसले व्यवस्थापनमा सहज मात्रै होइन,अनुभव र जिम्मेबारीको बोध समेत हुनेछ । ७० प्रतिशत नया पुस्ता र ३० प्रतिशत पुरानो पुस्तालाई अवसर दिएर ७० वर्ष काटि सकेका शीर्ष नेताहरुलाई अभिभावक सल्लाहकार कमिटि गठन गरेर उहाँहरुलाई पनि पार्टीसँग जोडिएर सबै उमेर समूह समूह अटाउने गरी नीति र विधान ल्याउनु आवश्यक देखिन्छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A