राष्ट्रपति पौडेल शनिबार लहान आउनुहुने

  • चैत २, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,चैत २ गते । 

लहान स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल आउनुहुने भएको छ । 

शुक्रबार समारोहको तयारीवारे आयोजित पत्रकार सम्मेलनमा पुर्व उद्योग राज्यमन्त्री समेत रहनु भएको दाता परिवारका पद्म नारायण चौधरी विद्यालयका प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरी र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र प्रसाद चौधरीले हिरक जयन्ती समारोहको पूर्ण तयारी पुरा भएको बताउनुभयो ।

२०५५ सालमा यस विद्यालयले स्वर्ण जयन्तीमा तत्कालिन प्रधानम्नत्री गिरिजा प्रसाद कोइराला आउनु भएको थियो । ७५ वर्षको अवसरमा मनाउन लागेको हिरक जयन्तीमा सम्मानीय राष्ट्रपति आउन लाग्नु भएको विद्यालयको प्रघानाध्यापक डा महेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।  

 सम्मानीय राष्ट्रपति पौडेलले सातजना दाता परिवारको शालिक अनावरण र २३ जनालाई सम्मानित गरिने कार्यक्रम रहेको छ । विद्यालय स्थापनाको लागि प्रेरक वालब्रम्हचार्य दामोदरानन्दको शालिक समेत अनावरण हुनेछ । 

अहिलेसम्म ६९ औ पटक एसइइ वर्षमा परीक्षामा सहभागी भइरहेका छन् भने अहिलेसम्म ६९ हजारले विधार्थी भर्ना भएको यस विद्यालयको नाउँमा १९ विगहा जमीन स्थायी सम्पति रहेको छ । कुनैबेला तीन हजारभन्दा विधार्थी पुगेको यस विद्यालयमा अहिले तेह्र सय विधार्थी अध्ययनरत रहेको छ भने ३२ जना शिक्षक स्टाफहरु कार्यरत रहेका छन् । 

पुर्व उद्योग राज्य मन्त्री दाता परिवारका पद्म नारायण चौधरीले सेवा दिइने शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरुमा राजनीति हुनु हुदैन भन्दै हिरक जयन्तीले विद्यालयको प्रगतिमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A