रोजगारी सृजना गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

  • चैत ४, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गर्ने शिक्षा आवश्यक रहेको बताउनु भएको छ । शनिबार लहान-७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

'देशलाई रोजगारी सृजना गर्ने शिक्षाको लागि प्राविधिक र समय सुहाउँदो शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।प्राविधिकसँगै सांसकार र संस्कृतिलाई समेत ध्यानमा राखेर समय सुहाउँदो शिक्षा दिन आवश्यक छ',राष्ट्रपति पौडेलले भन्नुभयो ।

लहान जुम्लाहा दाजुभाई सहिद राम लक्ष्मणको भूमि, राजनीतिक चिन्तक प्रदिप गिरी जन्मेको जमस्थल लहान समृद्धि र विकासको लागि अघि बढ्न शिक्षाको माध्यमबाट अघि बढ्न सबैमा उहाँले अह्वान गर्नुभयो । 

दाता परिवारका सात जना र विद्यालय स्थापनाको लागि २००५ सालमा शिक्षा अभियन्ता बाल ब्रम्हचारी दामोदरानन्दको आशालोक समेत रिमोटबाट राष्ट्रपति पौडेलले अनावरण गर्नुभयो । विद्यालयमा योगदान गर्ने विभिन्न क्षेत्रको २३ जनालाई प्रशंसापत्रबाट उहाँले सम्मान गर्नुभयो । 

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने,पूर्व उद्योग राज्य मन्त्री पद्म नारायण चौधरी र सप्तरी -४ का संघीय सांसद तेजुलाल चौधरीले समेत विद्यालय प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयको नाममा १९ बिघा जमीन,१३ सय विधार्थी ३२ जना शिक्षक स्टाफ रहेको यस विद्यालयमा ६९ हजार विधार्थी भर्ना रहेको र ७० औ पटक एसइइमा सहभागिता जनाएको विद्यालयको प्रअ डा महेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A