अल अमीन नेशनल एकेडेमीमा पुरस्कार वितरण

  • चैत २४, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । सिरहाको लहान-५ स्थित रहेको अल अमीन नेशनल एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकसत्र २०७९/०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्दै कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई शनिबार विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा साईकल र शैक्षिक सामग्रीद्वारा पुरस्कृत गरिएको हो ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई एकेडेमीका संस्थापकद्वय मौलाना मुफ्ती अहमद रजा सकाफी र मो. सद्दाम हुसैनले साईकल तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

त्यसैगरी विद्यार्थीको अतिरिक्त क्रियाकला तथा शिक्षण सिकाईमा राम्रो अंक ल्याउने उत्कृष्ट शिक्षहरुलाई मोवाईल फोन र नगर वितरण गरेको जनाइएको छ ।

विद्यालयका संस्थापक तथा प्रधानाध्यापक मौलाना सकाफिले योग्य, सक्षम, इमान्दार नागरिक तयार गर्नु विद्यालयको उद्देश्य रहेको बताउनु भयो । पुरस्कार वितरणले विद्यार्थीहरुमा मिहेनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउने उहाँले बताउनु भयो ।

photo_2024-04-06_13-56-36 (3)

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि लहान ५ का पूर्व वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै अलअमिन एकेडेमीले शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनु पर्ने बताउनु भयो । निजी विद्यालयहरुले विद्यार्थीभित्रका प्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा जोड दिनु भयो । उहाँले विद्यालय आगामी दिनमा थप सफलता हाँसिल गर्ने शुभेच्क्षा प्रकट गर्नुभयो ।

कार्यक्रममा लहान १८ का वडाध्यक्ष मो. समशेर, दारुल ओलुम हनफिया असरफिया लहान-५ का मौलाना हाफिज अताउर रहमान, मदरसा मदिनतुल ओलूमका मौलाना हनान बरकाती, मौलाना अब्दुल खालिक, लहान २ का मौलाना मुस्ताक अहमद, समृद्धिपथ दैनिकका सम्पादक फिरोज सिद्दिकी, रेडियो सरगमका संचालक फिरोज शेखलगायतका विद्यार्थी तथा अविभावकहरुको उपस्थिति रहेको थियो ।

photo_2024-04-06_13-56-35 (2) photo_2024-04-06_13-56-35 photo_2024-04-06_13-56-35 (3) photo_2024-04-06_13-56-37

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A