लहानमा मेलाको आयोजना गरी स्वच्छता दिवस मनाइयो

  • जेठ १६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । ‘महिनावारी मैत्री विश्व’ भन्ने मुल नाराका साथ आज लहानमा पनि विश्व महिनावरी स्वच्छता दिवसको अवसरमा मेला कार्यक्रम मनाएका छन् ।

मे २८ अर्थात जेठ १५ गते यो दिवस मनाउने गरिए पनि यस वर्ष गणतन्त्र दिवसका कारण जेठ १६ गते अर्थात आज बुधबार लहानमा मेलाको आयोजना गरी मनाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि लहान नगरपाकिका नगरप्रमुख महेश प्रसाद चौधरीले महिनावारी बिभेद र छुवाछुत जस्ता हानीकारक प्रथा परम्पराजन्य अभ्यासलाई कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त रहेको बताउनु भयो । यो कुनै अभिसाप नभई प्रकृतिको उपहार हो भन्नु भयो ।

उहाँले महिला तथा किशोरीहरुको सम्मानित जिवन यापनका लागि स्वास्थ्य अधिकार सम्बन्धि अझ धेरै सचेतनामुलक कार्यक्रमहरु गर्न आबस्यक रहेको धारणा राख्नु भयो ।

441548437_767239125394163_6313329545504254127_n

त्यस्तै महिनावारीको समस्यालाई अझै गहिरिएर बुझ्न र यसलाई उचित व्यवस्थापन गर्नका लागि यो दिवस मनाइने गरिएको सरोकारवालाले बताएका छन् ।

अधिकांश महिलाहरु महिनावारी बारे अझै पनि खुलेर बोल्न नसक्ने भएकाले पनि यो दिवसको महत्व धेरै रहेको लहान नगरपालिकाका कार्यक्रम संयोजक महेश्वरी चौधरीले बताउनु भयो ।

उहाँले महिनावारी भएका महिलाका लागि आवश्यक ंस्वास्थ्य सुविधाको माग उठाउन र महिनावारीसँग सम्बन्धित गलत सामाजिक धारणालाई कम गर्न आवश्यक रहेको धारणा राख्नु भयो ।

मेला कार्यक्रममा लहानका १४ वटा विद्यालयका ३ सय भन्दा बढि किशोरीहरुको उपस्थित रहेको थियो भने आधा दर्शन विभिन्न शिक्षामुलक स्टलहरु राखिएका थिए ।

दलित जनकल्याण यूवा क्लव लगायतका संस्थाहरुको आयोजामा मेला कार्यक्रम सम्पन्न भएको थियो ।

438329616_423933537189203_8809475399445374409_n 439195255_7480763778710255_5138723341825609158_n 441358801_1094762751611450_3452591870331784715_n 439232516_480845714451022_2961618103075147855_n 441413450_828580725272449_8658139619784282380_n 441558266_995077658755013_6516012967656915662_n 441531167_327582033712403_9071449968481334911_n 441951495_834096645480827_6598825322128278125_n

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A