सिरहाको कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • असार २, २०८१
  • समृद्धिपथ
alt

सिरहा । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले उनीहरू दुवैको दुर्घटनामा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परि ज्यान गुमाएका परिवार र आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग केहिबेर चक्काजाम गरेका थिए ।

मृत्यु भएका दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रमेश पण्डितले जानकारी दिए ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A