लायन्स क्लवद्वारा विद्यालयमा वृक्षारोपन

  • असार २७, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असार २७ गते । 

लायन्स क्लव अफ फूलवारीले सामुदायिक विद्यालयको खुल्ला ठाउँमा वृक्षारोपन कार्यलाई अघि बढाएको छ । पर्यावरण दिवसको अवसरमा सुुरु गरिएको वृक्षारोपन कार्यलाई सताव्यापी रुपमा अघि बढाएको हो । 

क्लवका अध्यक्ष शङकर प्रसाद गुप्ताको अनुसार वातावरणको दिवसको अवसरमा सुरु गरिएको वृक्षारोपन कार्यक्रम अन्तर्गत बुधवार लहान-१७ स्थित श्री जनता आघारभूत विद्यालय बलानसेर -१७ मा अम्बा आँप गुलमोहर लगायत वातावरणमैत्री विरुवा रोपिएको हो । 

विद्यालयमा क्लबबाट विरुवा रोपेर ठूलो गुण लगाएको त्यस विद्यालयका प्रधानाध्यापक मदन मण्डलले बताउनुभयो । 

अति विपन्न गरीव दलित वस्तीमा रहेको यस विद्यालयको भौतिक निर्माण लगायत अन्य क्षेत्रमा क्लबबाट यस्तै सहयोग प्राप्त भइरहोस् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्देश्वर सदायले धारणा व्यक्त गर्नुभयो । 

रोपिएको विरुवाहरुको संरक्षण गर्न सरोकारवालाहरुसँग अध्यक्ष गुप्ताले आग्रह गर्दै यस विद्यालयको भौतिक र वातावरणीय क्षेत्रमा सहयोग गरिरहने विश्वास दिलाउनुभयो । क्लव स्थापनाकालदेखि शिक्षा स्वास्थ्य वातावरण र दैविक प्रकोपमा सहयोग गर्दै आइरहेको उहाँले प्रष्टयाउनुभयो । 

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A