शौण्डिक चौरासी समाजको अध्यक्षमा पुन्: मुनि साह

  • साउन १३, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,साउन १३ गते । 

शौण्डिक चौरासी समाजको सम्पन्न चौथो महाधिवेशनबाट लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साह पुन: अध्यक्ष पदमा चयन हुनु भएको छ । 

 १७ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा क्रमश: मनमोहन साह,राम जतन साह,किशोर कुमार साह,जय प्रकाश चौधरी सुरेश चन्द्र सुमन महासचिवमा सन्तोष साह,सचिवमा भरत कुमार साह, कोषाध्यक्षमा रामएकवाल साह,सह कोषाध्यक्षमा नागेश्वर चौधरी सदस्यहरुमा क्रमश: राम चन्द्र साह,कमल प्रसाद साह,पशुपति साह,महेन्द्र साह,रामएकवाल साह,राम विलास शरण र ओम प्रकाश साह रहेका छन् । 

साउन ११ र १२ गते लहानको मारवाडी सेवा सदनको सभा हलमा सम्पन्न चौथो महाधिवेशनको उद्घाटन नेकपा एमालेको सचिव पुर्व उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले उद्घाटन गर्नु भएको थियो । 

महाधिवेशन हलमा महिला सहभागिता न्यून रहेको थियो भने कार्यसमितिमा समेत महिला समेटिएको छैन् । 

लगातार चौथो कार्यकालको लागि अध्यक्ष चयन हुनु भएको मुनि साहले शौण्डिक समाजले वैश्य समाजलाई अन्तर्गत तेली रौनियार कलवार हलुवाइ सबैलाई समेटिने प्रतिक्रिया दिनु भएको छ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A