कामतको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्ने : नेता निधि

  • साउन २०, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान साउन २० गते । 

नेपाली काँग्रेसको नेता बिमलेन्द्र निधिले वरिष्ट चर्चित शास्त्रीय संगीतका साधक गुरुदेव कामतको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्ने बताउनु भएको छ । 

शनिबार नेता निधि कामतको गृह गाउँ लक्मीपुरपतारी पोखरभिण्डा निज निवास पुगेर कामतका परिवारजनसँगै भेटेर यस्तो बताउनुभयो । 

नेता निधिले भन्नु यो,' श्रद्धाञ्जली दिन मात्रै होइन,क्षमा माग्न पनि आएको छु । कामतको स्वास्थ्य उपचार गराउने जिम्माेवारी सरकारले लिनु पर्दथ्यो । साताको वरिपरि हामी छौ तर समयमा जानकारी हुन नसक्दा यो जिम्मेबारीबाट चुकेका छौ । ' 

  काठमाण्डौको नाँचघरमा एक पटक कामतसँग भेटेको स्मरण गर्दै नेता निधिले थप्नुभयो,' मधेश प्रदेशको सरकारले उहाँको शोकमा आधा झण्डा झुकाउने गरेको निर्णय सहि छ । उहाँको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्नेमा केन्द्र सरकारलाई घचघचाउने काम आफू काठमाण्डौ पुगेर गर्नेछु ।' 

साउन १७ गते आफ्नै निज निवासमा अन्तिम श्वास लिनु भएको थियो । कामतको दुबै मृगौला काम गर्न छाडेपछि कामत थला पर्नु भएको कामतको उपचारमा तिनै तहको सरकाले चासो नलिएको गुनासो सर्वत्र भइरहेको छ । मधेश प्रज्ञा प्रतिष्ठानले एक लाख सहयोग गर्ने गरेको घोषित रकम दिइने कुरा त पर जाओस् अस्वस्थ्य अवस्थामा जनकपुर आएर चार घण्टा गर्नु भएको सांस्कृतिक कार्यक्रमको पारिश्रमिक समेत नदिएको कुरा बाहिरिएपछि प्रज्ञा प्रतिष्ठान प्रति समेत मधेश प्रदेशमा चर्चाको विषय बनिरहेकोछ । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A