नेपाल उद्यमी व्यवसायी कल्याणकारी संघद्वारा सरकरलाई चेतावनी, माग पुरा नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने

  • भदौ ५, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । नेपाल उद्यमी व्यवसायी कल्याणकारी संघ, लहान सिरहाले एक विज्ञप्ति जारी गर्दै नेपाली अर्थतन्त्रमा गम्भीर आरोप लगाउदै नेपालको अर्थतन्त्र वित्तीय माफियाको नियन्त्रणमा रहेको भन्दै संघले १५ सयभन्दा बढी साना उद्यमी, किसान र समाजसेवीले आत्महत्या गरेको आरोप लगाएका छन् । बुधबार सिरहाको लहानमा पत्रकार सम्मेलन गर्दै जारी गरिएको प्रेस विज्ञप्ति मार्फत सो आरोप लगाएका हुन् ।

संघका अध्यक्ष खडग नारायण चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- बैंक तथा वित्तीय संस्थाहरुको कारण लाखौं महिला घरबारविहीन भएका छन् भने १० लाखभन्दा बढी साना किसान र व्यापारीहरू जीविकोपार्जनका साधनबाट वञ्चित भएका छन् ।

६० हजारभन्दा बढी नागरिक कर्जा सूचना केन्द्रको नाटकीय कालोसूचीमा परी बैंकिङ कारोबारबाट वञ्चित भएको संघले जनाएको छ । संघले नेपाल राष्ट्र बैंकको अव्यवस्थित मौद्रिक नीति यी समस्याको मुख्य कारण भन्दै मुलुकको खजाना निजी क्षेत्रका केही मुठ्ठीभरका हातमा सुम्पेर वित्तीय माफियालाई जन्म दिएको बताएको छ ।

प्रेस विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाले साना उद्यमी, मजदुर, किसान र गरिबलाई पुर्‍याएको विनाशको पनि कडा आलोचना गरिएको छ । विगत दुई वर्षदेखि लघुवित्त र बैंकको अव्यवस्थितता विरुद्ध आन्दोलन गर्दै आए पनि उनीहरुको समस्यामा कुनै चासो नदिएको संघले जनाएको छ ।

संघले बैंक तथा वित्तीय संस्थाको ब्याजदर एक अंकमा नै कायम गर्नुपर्ने र कर्जाको वार्षिक नवीकरण पाँच वर्षको लागि गर्नुपर्ने भन्दै १२ बुंदे आफ्ना मागहरु स्पष्ट गरेको छ । यसका साथै धितो राखेको सम्पत्ति लिलामी रोक्न, क्षतिपूर्ति उपलब्ध गराउन र मानसिक यातना अन्त्य गर्न माग गरिएको छ । संघले कालोसूचीको प्रक्रिया अन्त्य गरी साना व्यवसायीलाई सहयोग गर्न ऋण सुविधा उपलब्ध गराउन पनि माग गरेको छ ।

उद्यमी व्यवसायी कल्याण संघले आफ्ना माग पूरा गर्न नेपाल सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ र आफ्ना माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिदै जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत नेपाल सरकार र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएका हुन् ।

यी मागलाई समयमै सम्बोधन नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने संघले घोषणा गरेको छ ।

photo_2024-08-21_20-05-47 (2)

photo_2024-08-21_20-05-47

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A