भ्रामक, असत्य र तथ्यहिन समाचारप्रति नगरपालिकाको असन्तुष्टि राजस्व जस्ता संवेदनशील विषयमा नगरपालिका गम्भीर भएर काम गरिरहेको प्रवक्ता लामाको भनाई

  • भदौ ९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । दावनल डटकम अनलाइन खबरका कार्यकारी सम्पादक अर्जुन थपलियाले प्रकाशित गरेको ‘राजस्व उठाउँदै खल्तीमा हाल्दै’ भन्ने समाचारको गोलबजार नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले यो समाचारलाई पूणर्तया भ्रामक, असत्य र तथ्यहिन रहेको बताएको छ । गोलबजार नगरपालिकाले आइतवार पत्रकार सम्मेलन गर्दै सो कुरा जनाएको हो ।

नगरपालिकाले ६ महिनाअघि विज्ञप्ति जारी गरी सबै भ्रम हटाउने प्रयास गरेको तर त्यसका बाबजुद पनि नगरपालिकाको छवि धमिलो पार्ने र कर्मचारीको मनोबल गिराउन यस्ता समाचार फैलिएको नगरपालिकाका प्रवक्ता संजित लामाले पत्रकार सम्मेलनमा बताए । प्रवक्ता लामाले भने, “हामी मिडिया जगतको सम्मान गर्छौं र अभिव्यक्ति स्वतन्त्रताको कदर गर्छौं, तर कसैको व्यक्तिगत चरित्रमा आँच पुर्‍याउने उद्देश्यले लेखिएको समाचार कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।“

गुद्री बजार, बाख्रा बजार र पशु हाट बजारका लागि नगरपालिकाले औपचारिक रुपमा टेण्डर आह्वान गरेको र किस्तामा भुक्तानीका लागि मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवसँग सम्झौता गरेको प्रवक्ता लामाले जानकारी दिए । नगरपालिकाले राजस्वको विषयलाई गम्भीरतापूर्वक लिएको र भुक्तानी प्रक्रिया पूणर्रुपमा पारदर्शी र नियमबमोजिम भएको जनाएको छ ।

नगर प्रवक्ता लामाले यस्ता भ्रामक र तथ्यहीन समाचारमा ध्यान नदिन र सहि जानकारी लिन सर्वसाधारणमा अपिल गरेको छ । उनले राजस्व जस्ता संवेदनशील विषयमा नगरपालिकाले गम्भीर भएर काम गरिरहेको बताउदै गोलबजार नगरपालिकाले आफ्नो जिम्मेवारी पूणर् इमान्दारी र पारदर्शिताका साथ निर्वाह गरिरहेको र कुनै पनि किसिमको अफवाहको कडा विरोध गर्ने स्पष्ट पारेको छ ।

gol

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A