स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहद्वारा प्रादेशिक अस्पताल लहानमा छड्के अनुगमन

  • भदौ १०, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानमा सोमबार छड्के अनुगमन गरेका छन् ।

मधेश प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालहरुमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासो बढिरहेको बेला स्वासथ्यमन्त्री सिंहले अस्पतालहरुको अनुगमनमा तिब्रता दिएका हुन् ।

्स्वास्थ्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशालालगायतका स्थानहरुमा निरीक्षण गर्दै उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका थिए ।

निरीक्षणकाक्रममा स्वास्थ्यमन्त्री सिंहले अस्पतालका सेवा व्यवस्थित तथा प्रभावकारी बनाउन अधिकारीहरूलाई निर्देशन दिदै बिरामीको उपचारमा कुनै किसिमको लापारबाही नगर्नसमेत निर्देशन दिए । उनले अस्पतालको सरसफाइमा समेत चासो राखेका थिए ।

निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्मन्त्री सिंहले प्रादेशिक अस्पतालहरुको जनगुनासो बढि रहेको बेला मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन अनुसार छड्के अनुगमन सुरु गरिएको बताए । प्रादेशिक अस्पताल नामको लागि मात्र नभई काम पनि राम्रो हुनु पर्ने बताउदै मुलुकमा संघियता आइसकेको बेला जनताहरु कुनै पनि स्वासथ्य सुविधाबाट बञ्चित हुनु नपर्ने बताए ।

उनले प्रादेशिक अस्पताल लहानमा गुणस्तरीय स्वास्थ्य सेवामा बिरामीको पहुँच बढाउन सेवा विस्तार गरिने जानकारी दिदै अगामी दिनमा थप भवनलगायत उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराउने जनाए ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A