स्वच्छता कार्यक्रम सञ्चालनमा ल्याउन शिक्षक शिक्षिकालाई तालिम

  • भदौ १२, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी
लहान, भदौ १२ गते ।

लहान नगरपालिका शिक्षा शाखा, विकन परियोजना अन्तर्गत दलित जनकल्याण युवा क्लव पहल र वाटरएडको सहयोगमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

विद्यालयमा स्वच्छता र व्यवहार परिवर्तनको लागि दिएको तीन दिनको तालिमले थप व्यवहारिक र शैक्षिक ज्ञान हासिल भएको लहान–१० स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रङगलाल साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘अब दस महिनापछि म अवकास पाउनेछु । जागीरको उतराद्र्धमा लिएको यो तीन दिने तालिम विद्यालयको हकमा त कोसे ढुङगा सावित हुन्छ नै साथै अवकासपछि जीवनको लागि समेत उपयोगी तालिम रहयो । विद्यालयलाई हराभरा, स्वच्छ खानेपानी , भएको श्रोत साधनको उचित प्रयोग शिक्षक विधार्थीले स्वच्छता राख्न शिक्षक शिक्षिकाहरुको भूमिका के हुने विषयमा तालिम उपयोगी हुनेछ ।’

विद्यालयहरुमा विधार्थीहरुसँग खेलको माध्यमबाट गीत र संगीतको माध्यमबाट स्वच्छता र व्यवहार परिवर्तन गराउन सकिने ठोस घान तालिमबाट पाएर अब विद्यालयको स्वच्छता र शिक्षणको लागि तालिम अति उपयागी भएको तालिममा सहभागी शिक्षिका कञ्चना साहले सुनाउनुभयो । उहाँले थप्नुभयो,‘विपन्न दलित समुदायका बालबालिकाहरुलाई स्वच्छ र व्यावहार परिवर्तन कसरी गारउने देखिएको चुनौती अब हुनेछैन् । तालिममले सहज गरयो ।’

‘लहान–१ मार रहेको जनता अधारचूत विद्यालयमा ७० प्रतिशतभन्दा बढी कालकालिकाहरु मुसहर समुदायका रहेका छन् । ती विधार्थीहरुलाई नियमित विद्यालयमा ल्याउन सरसफाइको वानी सिकाउन यो तालिम हामीले केहि वर्ष पहिले नै पाउनुपर्दथ्यो । तालिमले ठोस ज्ञान सिकाएको छ’,विद्यालयका प्रधनाध्यापक बद्री नारायण चौधरीले बताउनुभयो ।

लहान नगरपालिकाकमा रहेको ५९ वटा सामुदायकि विद्यमलयहरुमध्ये ३० वटा विद्यालयहरुमा खानेपानी र शौचालय व्यवस्थापनको कार्य सम्पन्न भएर चार वटा विद्यालयहरुमा पहिलो चरणमा स्वच्छता खानेपानी र व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम चलिरहेकोमा पहिलो चरणमा यस वर्ष चारवटा विद्यालयका २६ जना शिक्षक शिक्षिका र प्रधानाध्यापकहरुलाई पहिलो चरणमा तालिम दिइएको सहजकर्ता चतालिम प्रशिक्षक नम्रता भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार स्वच्छता र व्यवहार परिवर्तन गर्न सके लहानका सामुदायिक विद्यालयहरु अबल साबित हुने विश्वासका साथ यस अभियानमा लागेका छौं ।

लहान नगरपालिका शिक्षा शाखाका प्राविधिक अमिरी यादवले विकन परियोजना वाटरएड र दलित जनकल्याणको सुक्रियताले विपन्न दलित समुदायमा रहेको विद्यालय मात्रै होइन,गाउँ टोलामा समेत सकारातमक प्रभाव देखिएकोले लहान नगरपालिका शिक्षा शाखा यस अभियानलाई पछि आफै अपनत्व लिइने विश्वास व्यक्त गर्नुभयो ।

हामी अन्य गैर सरकारी संघ संस्थाहरुभन्दा फरक रहेको दलित जनकल्याण युवा क्लवका निर्देशक विनोद विसुन्केले भन्दै सामुदायक विद्यालयको शैक्षिक परिवर्ततको आधार खानेपानी शौचालयको प्रवन्ध र व्यवहार परिवर्तनलाई आधार बनाएर काम गर्दा नगरपालिका र स्थानीयवासीहरुबाट पाएको सहयोगबाट उत्साहित भएर लक्ष्यमा पुग्न अनुकूल वातावरण बनिरहेको बताउनुभयो ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A