आर्थिक सुधारका १२ वटा माग सहित नेपाल उद्यमी व्यवसायी कल्याण संघले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र

  • भदौ १३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघले नेपाल बैंकका गर्भनर र संघिय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । मुलुकको वर्तमान आर्थिक तथा वित्तीय नीतिप्रति कडा आपत्ति जनाउदै संघर्ष समितिले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा संघले नेपाल सरकारले लागू गरेको जनविरोधी आर्थिक नीतिका कारण साना उद्यमी, किसान र गरिब जनता ठूलो संकटमा परेको आरोप लगाएको छ । बैंकको स्वेच्छाचारी व्याज असुली र वित्तीय संस्था तथा लघुवित्त कम्पनीको अत्याधिक दबाबका कारण देशका एक हजार ५ सयभन्दा बढी साना उद्यमीले आत्महत्या गर्नुका साथै धेरै परिवार घरबारविहीन भएको संघको भनाइ छ ।

ज्ञापनपत्रमा संघले ब्याजदर एकल अंकमा (५ देखि ७ प्रतिशतसम्म) हुनु पर्ने, वार्षिक नविकरणको सट्टा पाँच वर्षका लागि कर्जा नवीकरण गर्ने, धितो लिलामी प्रक्रिया रोक्न, ऋणीहरुको ऋण माफीलगायत १२ वटा मुख्य माग राखेका छन् । साथैे बैंकिङ प्रणालीलाई कालोसूचीमा राख्ने प्रक्रिया अन्त्य गरी मिटर ब्याज पीडितको समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

संघका अध्यक्ष खडकनारायण चौधरीले आफ्ना मागलाई छिट्टै सम्बोधन नगरे संघले देशव्यापी सङ्घर्ष गर्ने र त्यसको सम्पूणर् जिम्मेवारी नेपाल सरकार र सम्बन्धित निकायको हुने चेतावनी दिएका छन् । ज्ञापनपत्रमा स्थितिमा सुधार नभए मुलुकमा वित्तीय माफियाको वर्चस्व झनै बलियो हुँदै आर्थिक भ्रष्टाचारमा थप वृद्धि हुने समेत उल्लेख छ ।

01 03 02 06

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A