मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे लहान अस्पतालको आकस्मिक निरीक्षण, स्वास्थ्य सेवा सुधार गर्न निर्देशन

  • भदौ १५, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शुक्रबार राति लहानस्थित रकुमार शारदा उमाप्रसाद मुरार प्रादेशिक अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको अभावका कारण उपचारमा कठिनाइ भएको स्थानीयको गुनासो बढेपछि उक्त निरीक्षण भएको हो ।

मुख्यमन्त्री सिंहले राति ९ बजे अस्पतालको आकस्मिक कक्ष, प्रसूति वार्ड र प्रयोगशालाको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले ड्युटी चार्ट अवलोकन गर्नुका साथै त्यहाँ तैनाथ चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति पनि जाँचे । सिंहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग पनि सोधपुछ गर्दै अस्पतालको सेवाका बारेमा जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा मुख्यमन्त्रीले अस्पतालको सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अधिकारीहरुलाई निर्देशन दिए । उनले बिरामीले स्वच्छ र सुरक्षित वातावरणमा उपचार पाउनका लागि सरसफाइको राम्रो ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

22

निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले भने, “विरामीको गुनासो र स्वास्थ्यकर्मीको अभावका कारण मैले आफैंले अस्पतालको निरीक्षण गरेको छु, चिकित्सक र नर्सले नियमित रूपमा ड्युटीमा उपस्थित भई आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।“

उनले लहान प्रादेशिक अस्पतालमा बिरामीले राम्रो र गुणस्तरीय सेवा पाउनका लागि स्वास्थ्य सेवालाई थप विस्तार गरिने बताए । मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पतालमा चिकित्सकलाई अन कलको सट्टा फुलटाइम ड्युटीमा राख्ने व्यवस्था मिलाइने बताउँदै बिरामीले समयमै उपचार पाउन सक्ने बताए ।

अस्पतालका मे.सु.सुनिल कुश्वाहाको काम कर्तव्यका बारेमा जनगुनासो बढिरहेको छ भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री सिंहले मे.सु.कुशवाहालाई आइतवार स्पस्टीकरण सोधिने र कारवाही प्रक्रिया अगाडी बढाइने जानकारी दिए ।

मुख्यमन्त्रीको यो भ्रमणबाट प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवाको अवस्था सुधार भई बिरामीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको स्थानीयहरुको भनाई रहेको छ ।

44 55 66

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A