लहानमा धार्मिक सद्भाव र भाइचाराको सन्देश दिदै मनाए मोहम्मद जयन्ती

  • असोज १, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । सिराहाको लहानमा पैगम्बर मोहम्मद (स.)को १४९९औं जन्मोत्सव धुमधामका साथ मनाइएका छन्। यस अवसरमा मुस्लिम समुदायले शान्ति जुलुस निकालेर जुलुस ए मोहम्मदी पर्व मनाएका हुन्। लहानमा आयोजित शान्ति र्‍यालीमा स्थानीय मुस्लिम समुदायका साथै हिन्दू धर्मावलम्बीहरू पनि सहभागि भएका थिए, जसले धार्मिक सद्भाव र भाइचाराको सन्देश फैलाएको छ।

र्‍यालीमा सहभागीहरूले विभिन्न धार्मिक नारा लगाउँदै शान्ति, सद्भाव र सहिष्णुताको सन्देश दिएका थिए। समाजमा सबै धर्मका मानिसहरूबीच एकता र भाइचारालाई प्रोत्साहन गर्ने उद्देश्यले यो पर्व मनाइएको हो। हिन्दू-मुस्लिम समुदायले परस्पर शुभकामना आदानप्रदान गरी यस दिनलाई सामाजिक सद्भावका रूपमा पनि मनाएका छन्।

युथ मुस्लिम वेल्फेयर सोसाइटी लहानले आयोजना गरेको शान्ति र्यालीमा स्थानीय नेताहरू, समाजसेवी र विभिन्न संघ-संस्थाहरूले पनि सहभागीता जनाउँदै पैगम्बर मोहम्मदको शिक्षा र आदर्शलाई समाजमा लागू गर्ने आवश्यकता रहेको बताए।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A