खुटीखोला संघर्ष समितिद्वारा सिंचाई कार्यालयलाई ज्ञापनपत्र, ७ दिनभित्र समाधानको माग

  • असोज ३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । खुटीखोला सिंचाई संघर्ष समिती सिरहाले लहान नगरपालिकाको विभिन्न वडाका किसानहरूको तर्फबाट बुधवार जिल्ला सिंचाई कार्यालय सिरहामा ज्ञापन पत्र बुझाएको छ।

समितीले लहान नगरपालिकाको वडा नं. १, २, ३, ११, १२, १९, २०, २१, २२, र २३ साथै सखुवानन्कारकटी र लक्ष्मीपुर पत्तारी गाउँपालिकाका किसानहरूको ९३५ बिग्हा जमिन सिंचित गर्न नहरको उकास अविलम्ब गरि प्रक्रिया सञ्चालन गर्न माग गरेको हो।

समितीले ज्ञापन पत्रमार्फत ७ दिनभित्र माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। खुटीखोला सिंचाई परियोजनामा स्थानीय सरकारले मनोमानी ढंगले नहरमा ढल निर्माण गर्न ठेक्का दिएकोमा संघर्ष समितीले आपत्ति जनाउँदै यस्तो कदम कदापि सह्य नहुने बताए।

समितीका संयोजक धर्मराज चौधरीले यसबारे जानकारी दिंदै, परियोजनाको स्वामित्वमा रहेको जग्गामा ढल निर्माण गरिनु किसानहरूको लागि अन्याय भएको बताए।

लहान नगरपालिका वडा नं. १० मा रहेको खुटी खोला सिंचाई परियोजना पूर्व मेयर मुनि साहको पालामा ८ करोड ७४ लाखको लगानीमा तीन वर्षअघि निर्माण सम्पन्न भए पनि हेडवर्कबाट पानी नचल्दा स्थानीय किसानहरू वार्षिक खडेरीको मारमा परेका छन्। सन् १९६५ (वि.स. २०२२) मा निर्माण भएको पुरानो नहरको प्रभावकारी सञ्चालन हुन नसक्नु यस क्षेत्रको दुर्भाग्य भएको स्थानीय जानकारहरूको भनाइ छ।

ज्ञापन पत्र नेपाल सरकार सिंचाई तथा जलस्रोत मन्त्रालय, सिंहदरबार काठमाण्डौं; नेपाल सरकार सिंचाई विभाग काठमाण्डौं, मधेश प्रदेश सरकार जनकपुरधाम, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जनकपुरधाम र जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाइएको समितीका संयोजक चौधरीले जानकरी दिए।

gyapana

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A