अत्यधिक गर्मीका कारण लक्ष्मीपुरपतारीका विद्यालयहरू बन्द

  • असोज ७, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लक्ष्मीपुर पतारी गाउँपालिकामा अत्यधिक गर्मीका कारण २०८१ असोज ८ गतेदेखि ११ गतेसम्म सम्पूणर् सामुदायिक विद्यालयहरू बन्द गरिने भएको छ।

गाउँपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विद्यालयहरूमा अस्थायी बिदा दिन निणर्य गरिएको हो।

गाउँपालिकाको सूचनामा बिदा अवधिमा विद्यालयको प्रशासनिक कार्यहरू भने प्रभावित नहुने उल्लेख गरिएको छ। यो बिदा स्थानीय बिदाबाट कट्टा गरिने र बालबालिकाहरूको शिक्षण सिकाइ क्रियाकलापमा नकारात्मक प्रभाव नपरोस् भन्नका लागि गरिएको जनाइएको छ।

अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा असर परेपछि यस्तो निणर्य लिनु परेको गाउँपालिकाले स्पष्ट पारेको छ।

fb-img

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A