रोकिएका विकास योजनाहरू सुचारु गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापनपत्र

  • असोज १३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अब्दुल करिमलाई नेकपा एमाले वडा कमिटीले वडा विकास योजनामा ढिलाइ र वेवास्ता भएको भन्दै ७ बुँदे ज्ञापनपत्र बुझाएको छ।

लहान ५ वडा कमिटीका अध्यक्ष लक्ष्मी पासमानको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाले विगतमा सञ्चालित नगर तथा वडास्तरीय गौरवका योजनाहरूमा कुनै पहल नगरेको आरोप लगाइएको हो।

ज्ञापनपत्रमा वडा नं. ५ मा असुली गरिएका कर, सडक बत्ति शुल्क र वातावरण शुल्कको औचित्यप्रति प्रश्न उठाइएको छ, किनकि महिनौंसम्म फोहर उठाउने काम नभएको र सडक बत्तिको उचित व्यवस्थापन नभएको उल्लेख छ। पार्टीले चाडपर्वको समयमा पनि वडामा आधारभूत सुविधाको अभाव रहेकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

सचेत गराउँदै आन्दोलनको चेतावनी
नेकपा (एमाले) लहान वडा नं. ५ का अध्यक्ष लक्ष्मी पासमानले विकास निर्माण र सार्वजनिक सेवामा भइरहेको ढिलासुस्ती र लापरवाहीले जनताको जनजीविकामा नकारात्मक असर परेको बताएका छन्। ज्ञापनपत्रमा, समयमै मागहरू पूरा नगरेमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ।

नेकपा एमालेले यस्ता समस्याहरू समाधानका लागि नगरपालिका र वडा अध्यक्षसँग तत्काल पहल गर्न आग्रह गरेको छ। पार्टीले जनताको आधारभूत आवश्यकतामा नगरपालिकाले ध्यान नदिए, चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। “समस्याहरू समाधान नभए आन्दोलनको जिम्मेवारी वडा अध्यक्ष र नगरपालिकाले लिनुपर्नेछ,“ लक्ष्मी पासमानले बताएका छन्।

वडाका जनताको विकास र सुविधामा प्रत्यक्ष असर
ज्ञापनपत्रमा जनजीविका, स्वास्थ्य र वातावरण जस्ता महत्वपूणर् पक्षमा नगरपालिकाले आवश्यक जिम्मेवारी नलिएकोप्रति रोष प्रकट गरिएको छ। पार्टीले भनेको छ, “विकासका अधुरा योजनाहरू र आधारभूत सेवामा भइरहेको लापरवाहीले वडा नं. ५ का जनताको जीवनमा प्रत्यक्ष असर परेको छ।”

प्रमुख मागहरूः
१. होम्योप्याथिक अस्पतालको तत्काल सञ्चालन।
२. झण्डा पार्कलाई पुनः व्यवस्थित गर्नुपर्ने।
३. सडक बत्ति र सरसफाइ नियमित गरिनुपर्ने।
४. अधुरो स्वास्थ्य चौकीको निर्माण कार्य सम्पन्न गरिनुपर्ने।
५. बाँकी रहेका सडक र गल्लीहरूको स्तरउन्नति गर्नुको साथै भत्किएका सडक र नालाहरूको मर्मत गरिनुपर्ने।
६. रोकिएको नयाँ बजार र झोलुङ्गे पुलको निर्माण कार्य सुचारु गर्नुपर्ने।
७. कन्या विद्यालयको अधुरो निर्माण कार्य तत्काल सुरु गरिनुपर्ने।

461330615_1294303181948023_170318023466228122_n 461421122_1294303215281353_1654839645213228205_n

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A