मधेसमा झिझिया नाचको लोकप्रियता बढ्दै : झिझिया संस्कृति कि विकृति?

  • असोज २०, २०८१
  • समृद्धिपथ
alt

लहान । तराई-मधेशको सांस्कृतिक पहिचान झिझिया नृत्य, विशेषतः दशैँ पर्वमा आयोजना हुने यो लोकनृत्य, अहिले आफ्नो मौलिकता गुमाउँदै अश्लीलतामा डुबेको आरोप लाग्न थालेको छ।

विगतका वर्षहरूमा यो नृत्यले समाजमा सकारात्मक सन्देश दिने गथ्र्यो, तर हाल भोजपुरी र मैथिलीका अश्लील गीतहरूमा गरिएको प्रदर्शनले यसलाई एक किसिमको विकृतिमा रूपान्तरण गरिरहेको देखिन्छ। 

झिझिया नृत्यलाई तराई-मधेशका जिल्लाहरूमा निकै लोकप्रिय मानिन्छ। तर हाल त्यसको गीतहरूमा अश्लील शब्दहरूको प्रयोगले यसले समाजमा गलत सन्देश प्रवाह गरेको छ। युवा पुस्तामा यसको प्रभाव झन् गम्भीर हुन थालेको छ। नृत्यमा प्रयोग हुने गीतहरूमा बोक्सी र धामीजस्ता अन्धविश्वासका कुरा गरी समाजमा झनै नकारात्मक प्रभाव पारिएको छ। 

लहानका वरिष्ठ पत्रकार, साहित्यकार तथा सामाजिक अभियन्ता जिबछ यादव 'उदासि'का अनुसार, झिझिया नृत्यले समाजमा अन्धविश्वास र कुरीति फैलाउने काम गरिरहेको छ। "झिझियाको गीत र नृत्यले समाजमा बोक्सी र धामी रहेको मान्यता स्थापित गर्छ, जुन विडम्बनापूर्ण छ।" उनले भने। 

उदासीले "झिझिया नृत्यले समाजमा बोक्सी हुन्छ भन्ने धारणा फैलाउँछ, जुन अत्यन्त हानिकारक छ।" उनले भने, "समाजलाई वैज्ञानिकीकरण गर्नुपर्ने समयमा हामी अन्धविश्वासको शिक्षालाई संरक्षण गरिरहेका छौँ।"

अर्का सामाजिक अभियन्ता रामनारायण मेहताका अनुसार - झिझिया नृत्यले आफ्नो मौलिकता गुमाउँदै गर्दा समाजमा यसको व्यापक असर परेको छ। सानो पुरस्कारको लोभमा अभिभावकहरू आफ्ना छोरीहरूलाई यसमा नाच्न प्रेरित गरिरहेका छन्। यस्तै कार्यक्रमहरूले समाजमा विकृति फैलाउने मात्र नभई आपराधिक घटनाहरूमा समेत वृद्धि गराउन सक्ने चिन्ता बढाएको छ।

"स्थानीय प्रशासन र जिम्मेवार निकायहरूले यस विषयमा गहिरो ध्यान दिनु आवश्यक भएको छ।" उनले भने, "अश्लीलता र अन्धविश्वासबाट प्रभावित सांस्कृतिक कार्यक्रमहरूको नियन्त्रण नगर्ने हो भने यसले मधेशको सामाजिक संरचनामा गम्भीर समस्या निम्त्याउने डर छ।"

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A