झिझिया र भाइरल बाबा: संस्कृति र विकृतिको दोधारमा समाज

  • असोज २१, २०८१
  • समृद्धिपथ
alt

  • सम्पादकीय

जीवछ उदासी 

यदि झिझिया सहि हो भने लहानको भाइरल बाबा पनि सहि हो । एउटा विकृति र अर्को संस्कृति । अन्धविश्वास र विकृतिलाई बढावा दलित विपन्न समुदायले चेतनाको आभावमा दिइरहेको छ भने केहि समुदाय विकृतिलाई संस्कृति हो भनेर भ्रमको खेति गरेर दुनो सोझ्याउदैछ । समाजको प्रगति ज्ञान विज्ञानबिना संभव छैन् । समाजमा धर्म र जातिको जहर घोल्नेहरु विकृतिलाई मलजल गरेर गरीव विपन्नलाई सधै गरीव र विपन्न बन्न भाग्यले नै हो भने बुझाउन खोजिरहेको छ जब कि यो सत्य होइन् ।

देशमा गणतन्त्र र संघीयता किन ल्यायौ यहि विकृतिको सहारामा शासन गर्नेहरुको मनोवल बढाउनलाई । एकपटक गम्भीर भएर सोचौ । शिक्षा स्वास्थ्य रोजगार र आवासको लागि छटपटााई रहेका गरीव विपन्नको समस्या यहि पुरानो थोत्रो विकृति वोकेको यो संस्कृतिबाट संभव छैन् । मधेस प्रदेशमा बोक्सीप्रथाको कारण कतिलाई विष्टा खुवाएर अपमान गरियो । दाइजो प्रथाको कारण महिला हिंसा सनसनी रुपमा बढयो । देशको मुहार फेर्ने संभावना बोकेको मधेस प्रदेश विकृतिबाट जेलिएपछि समस्या समाधान हुनुको सट्टा जिउँकोतिँउ छ ।

लहान परिवर्तनको पक्षमा सधैं अहम भूमिका खेलेको लहान नगरीमा १९ हजार दलित समुदाहरु छन् । ९९ प्रतिशत मुसहर समुदाय सुकुम्वासी छन् । शिक्षा स्वास्थ्य र रोजगारीको कहरमा छ । दसैमा झिझिया चर्चा अहिले ती मुसहर समुदायको बस्तीमा लहर पक्रेको छ । सारा चेलीबेटी डाइन जोगिनको भूमिका र महत्व झल्किने झिझिया गीतमा व्यस्त छन् । तीमुसहर समुदायका मानिसहरुलाई सर्पले टोक्दापनि धामीझाक्रीको शरणमा परेर मृत्युको मुखमा परिरहेको छ ।

लहान-१ मा रामवृक्ष साह भाइरल बाबा बनेर अहिले जय गोविन्दको महिमा मण्डन गरेर तीन पुरिया आयुर्वेदिक औषधी दिएर प्रति व्यक्ति १५ सयको दरले कमाई गरिरहेको छ । झिझियाको बढावा दिइने कार्य मधेस प्रदेशको राजधानी जनकपुरमा नै गर्ने कुराले छक्क परेको छु । झिझिया र भाइरल बाबा जस्ता विकृति र अन्धविश्वासको बढावा दिइनेहरु कतै न कतै प्रगतिको बाधक हो ।

अन्ततः, समाजको वास्तविक प्रगति शिक्षा, स्वास्थ्य, रोजगारी र वैज्ञानिक चेतनामा निर्भर छ। यस्ता विकृतिहरुलाई चुनौती दिँदै अघि बढ्न नसक्ने समाज कहिल्यै पनि समृद्ध हुन सक्दैन।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A