लहानको नहरमा ढल निर्माण रोक्न मधेश सरकारको निर्देशन

  • कार्तिक ७, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । मधेश प्रदेश सरकारको जलस्रोत तथा सिंचाइ विकास डिभिजन, सिराहाले लहान नगरपालिकालाई खुट्टी खोला सिंचाइ योजनाको नहरमा ढल निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ। 

डिभिजन प्रमुख हसमत अन्सारीद्वारा हस्ताक्षरित पत्र अनुसार, खुट्टी खोला सिंचाइ योजनाको हेडवर्क्स निर्माण कार्य पूरा भइसकेको छ र अब नहरहरुबाट पानी प्रवाह गर्दै कृषियोग्य जमिनमा सिंचाइ सुविधा प्रदान गर्न आवश्यक रहेको बताइएको हो।

योजनाको लागि चालु आर्थिक वर्षमा बजेट नछुट्टाइएकाले थप बजेट माग गरिएको पत्रमा उल्लेख छ। तर, हाल सो नहरमा ढल निर्माण भइरहेको जानकारी प्राप्त भएकोले यसले नहरको पानी प्रदूषित हुने र नहरको लेभलमा पनि असर पर्ने सम्भावना देखिएको हुँदा कुनै किसिमको ढल संरचना नहरमा निर्माण नगर्न नगरपालिकालाई अनुरोध गरिएको छ।

स्थानीय किसानहरू तथा सिंचाइ उपभोक्ताहरूले यस पत्रले किसानहरूको हित सुरक्षित गर्ने विश्वास व्यक्त गरेका छन्, किनकि सिंचाइ योजनाको प्रभावकारी संचालनले उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

खुट्टी खोला सिंचाई योजनाले यस क्षेत्रमा कृषि उत्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको भएता पनि, नहरमा ढल निर्माणको मुद्दाले परियोजनाको भविष्यलाई अन्योलमा पारेको छ।

Messenger_creation_DDD9ECF9-C9E4-4117-8F5F-ED4C3E28715D

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A