भ्रष्टाचारमुक्त देश बनाउन माओवादी बलियो हुनुपर्छ: नेता विश्वनाथ साह

  • कार्तिक १७, २०८१
  • समृद्धिपथ
alt

 

 जीवछ उदासी 

लहान,कातिक १७ गते । 

नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका सह इन्चार्ज विश्वनाथ साहले भ्रष्टाचारमुक्त देश बनाउनको लागि नेकपा माओवादीलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ । 

लहान नगरपालिका वडा नम्बर -६ र ७ का ७३ जना अगुवा नेता कार्यकर्ता र समर्थकहरुलाई नेकपा माओवादीमा स्वागत तथा प्रवेश गराउँदै शुभकामना आदान प्रदान कार्यक्रममा नेता साहले यस्तो बताउनुभयो । 

देशलाई भ्रष्टाचारमुक्त बनाउन नेकपा माओवादी केन्द्रले आफ्नै पार्टीको नेताहरुलाई समेत नछाडेर सरकारमा रहेर काम सुरु गर्दा सरकार ढलेको स्मरण गराउनुभयो । नेकपा माओवादीका अध्यक्ष प्रडण्ड र उपाध्यक्ष प्रकाश प्रधानमन्त्री र गृहमन्त्री भएर यो अभियान सुरु गरि सक्नु भएको नेता साहले बताउनुभयो । 

 कार्यक्रममा केन्द्रिय सदस्य हरिनारायण चौधरीले नेकपा माओवादी कमजोर भयो भने गरीव मजदुर किसान शोषित पीडित जनताको आवाज कमजोर हुने बताउनुभयो । उहाँले थप्नुभयो,' नेकपा माओवादी मधेसमा र देशमा पनि कमजोर हुनुहुँदैन भने लहर नै चलेको छ । २०८४ मा नेकपा माओवादी पहिलो पार्टी बनाउने गरी पार्टीभित्र एकता कायम गरेर अघि बढ्न जरुरी छ ।' 

कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु बिजय गुप्ता देव नारायण महतो,दलित राष्ट्रिय मुक्ति मोर्चाका केस प्रथमलाल राम र लहान नगर कमिटि अध्यक्ष तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चा सिरहा अध्यक्ष हेमन्त कुमार यादवले पार्टीलाई बलियो बनाउन केन्द्रिय नेताहरु जिम्मेबार भए पार्टीमा प्रवेशको ठूलो लहर आउने धारणा व्यक्त गर्नुभयो । 

नेकपा एमाले काँग्रेससँग मिलेर कम्युनिष्ट आन्दोलनलाई नै घरापमा पारेकोले नेकपा एमाले परित्याग गरेर नेकपा माओवादीमा प्रवेश गरेको लहान-६ का साजन राम,सुर्या राम,भोला राम राम विलास राम,श्याम राम र अजय राम सहित ७३ जना नेकपा माओवादीमा प्रवेश गरेका थिए । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A