लहान नगरपालिकाद्वारा छठघाट निर्माणमा विभेद, स्थानीयले गरे असन्तोष व्यक्त

  • कार्तिक २१, २०८१
  • समृद्धिपथ
alt

लहान । लहान नगरपालिकाले खुट्टी खोला छठघाट निर्माणमा विभेद गरेको भन्दै स्थानीयहरूले असन्तोष व्यक्त गरेका छन्।

नगरपालिकाले खुट्टी खोलामा रहेको पुलको दक्षिणतर्फ छठघाट निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको भए पनि उत्तरतर्फको छठघाट निर्माण नगराइएकोमा स्थानीयहरूले दुःख व्यक्त गरेका हुन्।

खुट्टी खोलाको उत्तरतर्फ छठ मनाउने श्रद्धालुहरूले छठ पर्वका लागि आवश्यक घाटको निर्माण आफ्नो निजी खर्चमा गर्नुपरेको बताएका छन्। उनीहरूले आफूहरूको क्षेत्रमा पनि नगरपालिकाले समान रूपमा छठघाट निर्माणका लागि बजेट छुट्याउनुपर्ने माग गरेका छन्। 

लहान नगरपालिकाको अन्य वडाका बासिन्दाहरूले पनि छठघाट निर्माणका लागि रकम विनियोजनको माग गर्दै आएका छन्। तर, नगरपालिकाले ठोस पहल नगरेको र केही क्षेत्रलाई मात्र प्राथमिकता दिइएको गुनासो स्थानीयहरूबाट उठिरहेको छ। स्थानीयहरूले पर्वको समयमा सबै क्षेत्रलाई समेटेर समान अवसर र सुविधा प्रदान गर्न नगरपालिकासँग आग्रह गरेका छन्।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A