लाहानमा लायन्स क्लब र पिडरबोनी फुटबल क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • कार्तिक २४, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लाहान । लायन्स क्लब अफ लहान सिटि र पिडरबोनी फुटबल क्लबको संयुक्त आयोजनामा लाहान-११, पिडरबोनीमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

शनिबार, समाजसेवा र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले स्थानीय बासिन्दा र युवाहरूलाई रक्तदानप्रति प्रेरित गरेको हो।

रक्तदान कार्यक्रममा लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष उज्ज्वल साह, पूर्व अध्यक्ष चक्रपाणि दहाल, पिडरबोनी फुटबल क्लबका अध्यक्ष उकेश चौधरी, उपाध्यक्ष प्रभाकर ओर्ग्यान थारु, कोषाध्यक्ष शरण प्रसाद चौधरी लगायत ३६ जनाले रक्तदान गरेको जनाइएको छ।

लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष साहले सम्पूर्ण रक्तदाताहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए। 

उनले यस कार्यक्रमले न केवल रक्त अभाव भएको समयमा राहत पुर्याउने अपेक्षा गरिएको छ, बरु समुदायमा सामाजिक उत्तरदायित्वको भावनालाई पनि प्रेरित गरेको बताए।

लायन्स क्लब अफ लहान सिटि र पिडरबोनी फुटबल क्लबले सबै रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सेवा र स्वास्थ्य सचेतना कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A