लहान नगरपालिकामा १ अर्ब २० करोड बढी बेरुजू

  • मंसिर ३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । महालेखापरीक्षकको कार्यालयले लहान नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै १ अर्ब २० करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजू रहेको तथ्यांक सार्वजनिक गरेको छ।

नगरपालिकाको आर्थिक व्यवस्थापन र आर्थिक विवरणको लेखापरीक्षणपछि प्रतिवेदनमा ३५ करोड २२ लाख ५४ हजार रुपैयाँ थप बेरुजू भेटिएको उल्लेख छ। यो रकममध्ये १ करोड ८५ लाख २ हजार असुल गर्नुपर्ने, २० करोड ५२ लाख ८२ हजार प्रमाण कागजात पेश गर्नुपर्ने, ११ करोड ३ लाख ४३ हजार नियमित गर्नुपर्ने र १ करोड ८१ लाख २८ हजार पेश्की बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो।

महालेखापरीक्षकको कार्यालयद्वारा जारी प्रतिवेदनमा नगरपालिकाले सार्वजनिक क्षेत्र लेखामानको पूरा पालना नगरेको र आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गर्नुपर्ने देखिएको छ। साथै, ऐन-नियमको परिपालना, बजेट व्यवस्थापन, राजस्व संकलन, सार्वजनिक खरिद प्रक्रिया र सेवा प्रवाहका विषयमा सुधार आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।

प्रतिवेदनअनुसार नगरपालिकाको वित्तीय विवरण तयार गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको र लेखापरीक्षण ऐनअनुसार लेखापरीक्षकको जिम्मेवारी समग्र वित्तीय विवरणको सत्यता जाँच गर्ने हो।

महालेखापरीक्षक कार्यालयले लहान नगरपालिकाको आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कदम चाल्नुपर्ने भन्दै सुझाव दिदै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई वित्तीय प्रतिवेदनका प्रक्रियाहरूको निगरानी गर्न र बेरुजू रकमको समाधान गर्न विशेष कदम चाल्न आग्रह गरेको छ।

लहान नगरपालिकाका कुनै पनि प्रतिनिधिले हालसम्म यस प्रतिवेदनमा प्रतिक्रिया जनाएका छैनन्। तर, नगरवासी र सरोकारवाला निकायहरूले यस्तो ठूलो रकम बेरुजू देखिनु नगरपालिकाको वित्तीय व्यवस्थापनमा रहेको गम्भीर कमजोरीको संकेत भएको बताएका छन्।

1 2

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A