समता स्कुलद्वारा "मौलिक पहिरन उत्सव" भव्य रूपमा सम्पन्न  

  • मंसिर २२, २०८१
  • समृद्धिपथ
alt

लहान । लहानसहित पूर्वी नेपालका समता स्कुलहरूले २०८१ सालको "मौलिक पहिरन उत्सव" भव्य रूपमा सम्पन्न गरेका छन्। "परम्परा र पहिचान: सांस्कृतिक पहिरनको सम्मान" नाराका साथ समता पूर्वी कन्सर्टियमको पहलमा आयोजित यो उत्सवले नेपाली मौलिकता र विविधतालाई उजागर गरेका हुन्।  

उत्सवमा विद्यार्थीहरू आ-आफ्ना धर्म, समुदाय र संस्कृतिलाई झल्काउने परम्परागत पोशाकमा विद्यालय आएका थिए। रंगीन पोशाक र सांस्कृतिक झल्कोले विद्यालय परिसरलाई सांस्कृतिक मेलास्थलजस्तो बनाएको थियो।  

समता पूर्वी कन्सर्टियमका प्रमुख सन्तोष श्रेष्ठले नेपाली मौलिक पोशाकको प्रवर्द्धन गर्दै विविधतामा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। उनले इलाम, लहान, दमक र इटहरीका समता स्कुलहरूले हरेक वर्ष एउटै मितिमा यस्तो उत्सव मनाउने परम्परा रहेको जानकारी गराए।  

उत्सवका क्रममा विद्यार्थीहरूले झिंझिया, साकेला, सेलो लगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरे। यी प्रस्तुतिहरूले केवल मनोरञ्जन प्रदान गरेनन्, नेपाली संस्कृतिको विविध पक्षलाई जीवन्त बनाए।  

समता लहानका प्रिन्सिपल कमल सिङ्तानले यो उत्सवले विद्यार्थीहरूको सांस्कृतिक चेतना अभिवृद्धि गर्दै उनीहरूलाई विविध संस्कृतिबीच सामञ्जस्य गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।  समता स्कुल, जसले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ, यस्ता पृथक र प्रेरणादायी कार्यक्रमहरू आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई शिक्षा र संस्कृतिको समन्वय सिकाइरहेको छ।  

IMG20241205141117

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A