मधेश प्रदेशकी सांसद सहिदा खातुनमाथि कुटपिट र दुराचारको आरोप

  • पुस १७, २०८१
  • समृद्धिपथ
alt

गोलबजार । मधेश प्रदेशकी सांसद सहिदा खातुन र उनको परिवारले गोलबजार नगरपालिका–१३, दुर्गापुरकी दीपत खातुन र उनका श्रीमान् नथुनी मियाँसहित परिवारका अन्य सदस्यहरूलाई कुटपिट गरेको आरोप लागेका छन्।

पीडित पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै सांसद खातुन, उनका श्रीमान् मो. हाकिम, छोरा दिल मोहम्मद र भाई मो. रहिमले ४० हजार रुपैयाँको विषयलाई लिएर कुटपिट गरेको बताएका हुन्।

पीडित दीपत खातुनका अनुसार सांसद खातुनले आफ्नो छोराको नाम खुनी मुद्दाबाट हटाउन खर्च भएको ४० हजार रुपैयाँ माग गरेकी थिइन्। दीपत खातुनले उक्त विषयमा पञ्चायतमार्फत छलफल गर्न खोज्दा सांसद खातुन र उनका परिवारका सदस्यहरूले उनीमाथि हातपात गरेको बताइएको छ।

कुटपिटको क्रममा छिमेकीहरूलाई समेत कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ। घटना पछि दीपत खातुन र उनका परिवार अहिले गोलबजारको भूमिजा अस्पतालमा उपचार गराइरहेका छन्।

सांसद खातुनको निर्देशनमा पीडित पक्षका चार जना—आलम मियाँ, अब्दुल अजीज, मो. रजाबुल र मो. रोजाईलाई प्रहरीले पक्राउ गरेको पीडितले बताएका छन्।

पत्रकार सम्मेलनमा दीपत खातुनले आँसु झार्दै भनिन्, “हामीलाई सांसद र उनका परिवारले कुटपिट गरेर उल्टै हाम्रा मान्छेलाई थुनाइरहेका छन्। हामिलाई न्याय दिने कोही छैन। हामी गरीब चटपटे बेचेर जीवन चलाउँछौं। हाम्रो सहारा को बन्छ?”

यस विषयमा सांसद सहिदा खातुनसंग प्रतिक्रिया लिन खोज्दा कुनै प्रतिक्रिया दिएको छैन। पीडित पक्षले घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले सांसद पदमा रहेकी व्यक्तिले यस्तो ज्यादती गर्नु खेदजनक भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

पत्रकारमाथिको धरपकडव ...

फिरोज सिद्दिकी  सिरहा । पत्रकारहरूमाथि भएको सामूह ...

जनकपुरधाम–अयोध्या सी ...

नयाँदिल्ली । नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक स ...

प्रधानमन्त्री बालेन ...

काठमाडौं। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बाले ...

एनप्याब्सनका निवर्तम ...

लहान। निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनका निवर्त ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A