'मुद्दा दर्ता गरियो तर फरार रहेको खगेश्वर यादवलाई प्रहरीले पक्राउ गरिरहेको छैन '

  • पुस २७, २०८१
  • समृद्धिपथ
alt

 

समृद्धिपथ समाचारदाता 

लहान,पुस २७ गते । 

मिर्चैया नगरपालिका वडा नम्बर - ३ वस्ने खगेश्वर यादमाथि इलाका प्रहरी कार्यालय मिर्चैयामा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएपनि प्रहरीले पक्राउ नगरेको पीडित विमल यादवले पीडा पोख्नु भएको छ ।

गएको मङग्सिर १४ गते राघोपुर बजारमा १२ बजे चिया पसलमा बसिरहेको समयमा स्थानीय खगेश्वर यादवले दस पन्ध्र जनाको समूहमा आएर ज्यानै मार्ने गरी कुटपिट गरेको पीडित यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ,'मलाई ज्यानै मार्ने उद्येश्यले सार्वजानिक स्थलमा हमला गर्ने खगेश्वर यादव लगायत केहि व्यक्तिहरुमाथि इलाका प्रहरी कार्यालय मोर्चैयामा मुद्दा दर्ता त भयो तर प्रहरीले पक्राउ नगरेको अवस्थाछ । यसले झन् पीडित भएको छु । के यो देशमा कानुन छ कि छैन् ? म जस्ता गरीवले कहा न्याय पाउने ?'

'खगेश्वर यादवलाई त प्रहरीले पक्राउ गर्नु परको कुरा मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवलाई अपमान गर्नु र धम्की दिइने खगेश्वरले म जस्ता सर्व साधारणको अवस्था के होला ?,' विमल यादवले भन्नुभयो । खगेश्वर यादव मिर्चैया नगरपालिका -३ का वडाध्यक्ष पवित्री यादवको पति हुनुहुन्छ ।यता इलाका प्रहरी कार्यालय मिर्चैयामा सम्पर्क गर्दा खगेश्वर यादवको खोजी भइरहेको बताइएको छ ।

तस्बिरमा मिर्चैया - ३ राघोपुरका पीडित विमल यादव

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A