मानव अधिकार एलायन्स सिरहाको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • पुस २७, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । मानव अधिकार एलायन्स सिरहाको तेस्रो अधिवेशन धनगढीमाई नगरपालिका स्थित होटल सिन्धुलीको हलमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्वती पाण्डेलाई पुनः जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो।  

नवगठित कार्यसमितिमा नेनिलाल राम उपाध्यक्ष, दिपेश सिंह सचिव, सूर्य नारायण राम सहसचिव, अनिता कुमारी यादव कोषाध्यक्ष र सदस्यहरूमा फिरोज सिद्दिकी, सुनिता साह चयन भएका छन्।  

कार्यक्रमको प्रमुख अतिथिमा मानव अधिकार एलायन्स मधेश प्रदेश इन्चार्ज रामस्वरूप सदाय रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले सहभागिता जनाउनुभएको थियो।  

अधिवेशनमा महिला मानव अधिकार राष्ट्रिय सञ्जालकी केन्द्रीय अध्यक्ष तथा मानव अधिकार एलायन्सकी केन्द्रीय सदस्य श्याम कुमारी साह, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य गङ्गाराम यादव, मधेश प्रदेश अध्यक्ष देवराज पोखरेल र मधेश प्रदेश कमिटी सदस्य निर्मला पासमानलगायत विशिष्ट अतिथिहरूले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।  

कार्यक्रममा मानव अधिकारको महत्व र सामाजिक न्यायको पक्षमा काम गर्नुपर्ने विषयमा जोड दिइएको थियो। सहभागीहरूले मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि सक्रिय भई काम गर्नुपर्ने धारणा राखेका थिए।  

कार्यक्रम धनगढीमाई नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो। नवगठित नेतृत्वले जिल्लामा मानव अधिकार संरक्षण र प्रवर्द्धनमा अझै सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।  

FB_IMG_1736598256681

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A