समृद्धिको लागि कृषि सहकारी आवश्यक : सभामुख मण्डल

  • माघ १, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,पुस २९ गते 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले कृषि सहकारी समाजको समृद्धि गर्न उत्पादनको लागि आवश्यक भएको बताउनु भएको छ । जिल्ला कृषि सहकारी संघको ११ औ साधारणसभालाई उदघाट्न गर्दै यस्तो बताउनु भएको हो ।

साना पुँजीहरुलाई एकिकृत गरेर समाज समृद्धि गर्न गठन भएको सहकारीहरु सहकारी नीति अनुसार चल्नुपर्ने उहाँले जोड दिनुभयो । सभामुख मण्डलले भन्नुभयो,‘देश भरीमा नै अधिकांश सहकारीहरु ठगको काम गरिरहेको समाचारहरु बाहिर आइरहेकोले मधेश प्रदेश सरकारले मधेमा रहेका सहकारीहरुलाई सहि दिशा दिनको लागि बन्ने सहकारी ऐन निर्माणको लागि ध्यान दिन आवश्यक छ । कृषि ऐन मधेश प्रदेशले बनाइ सकेको र सहकारी ऐनमा गृहकार्य भइरहेको छ ।’

सेवाभन्दा शोषण गर्न बढी उद्यत देखिएका सहकारीहरुको अनुगमन गरेर कमजोरी गरेका सहकारीहरुलाई दण्डित गर्ने र कृषाको जीवन स्तर उकास्ने सहकारीहरुलाई उत्साहित बनाउने कार्यमा मधेश प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । सभामुख मण्डलले थप्नुभयो,‘नामधारी सहकारीहरुको कारण किसानहरु लाभान्वित हुन नसकिरहेको अवस्था आएकै हो । सहकारी अर्थतन्त्र चलायमान बनाउन काम गर्नुपर्ने,सहयोग र समर्पणको भाव राखेर काम गर्नुपर्ने आवश्यक्ता छ ।’

प्रदेश सरकारले प्रदेशमा रहेका उप सचिव स्तरका अवकास प्राप्त कर्मचारी र प्राविधिकहरुलाई भेला गरेर सल्लाहकार सभा गठन गर्न लागिएको सभामुख मण्डलले प्रष्टयाउनुभयो । उहाँले थप्नुभयो,‘कानुन ऐन बनाएर मात्रै हुँदैन, त्यसको कार्यान्वयन गर्न पनि त्यति आवश्यक रहेकोले भएकै सहकारी ऐन अनुसार पनि काम हुन नसक्नु र गठित कृषि सहकारीहरुले समन्वय गरेर काम नगर्दा मधेशको कृषि उत्पादनले सोचे अनुसारको उत्पादन हुन नसकको अवस्था छ ।’

लहान नगरपालिका हालका वडा नम्बर ११ र १२ र पहिलेको पडरिया गाउँ विकास समितिमा गठित साना किसान सहकारीको सवलता र सफलताले यी दुई वडाका कृषकहरु साहु महाजन र मिटरब्याजको चपेटामा नपरेको प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो । उहाँले थप्नुभयो,‘ कृषि सहकारी संघमा रहेको ३९ वटा सहकारीहरुले अहिलेसम्म उत्पादन र लगानी गर्न अपनाएको पारदर्शीता र निरत्रको किस्ता असुलीले राम्रै परिणम दिएको छ ।’

कृषि सहकारी संघ सिरहाका अध्यक्ष मागैन कामैतले जिल्ला कृषि सहकारी संघमा २२ लाख रकम रहेकोछ । यस रकमको आउने ब्याजबाट जिल्ला कृषि सहकारीमा एकजना कर्मचारीलाई दिइने तलव समेत दिन नसक्ने अवस्था रहेको बताउनुभयो । ‘सिरहा केहि कृषि सहकारीहरुको सक्रियताले मासु दुग्ध र उत्पादनमा सकारात्मक प्रभाव पारेको छ,’उहाँले भन्नुभयो ।

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A