लहानमा किसानको आन्दोलन तीव्र, खुट्टी खोला नहर ढलमा रूपान्तरणको विरोध

  • माघ १९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । लहान नगरपालिकाले खुट्टी खोला नहरलाई ह्युम पाइप राखेर ढलमा परिणत गर्ने योजनाविरुद्ध किसानहरु आन्दोलित बनेका छन्।

संघर्षरत किसानहरुले नगरपालिकाले उच्च अदालत जनकपुर राजविराज इजलासको आदेशको गलत व्याख्या गर्दै जबरजस्ती विकास निर्माणको काम गरिरहेको आरोप लगाएका हुन्।

खुट्टी खोला नहर संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै भने, "उच्च अदालतको आदेशअनुसार नहरको स्वरूप यथावत् राख्नुपर्ने र सिंचाइ प्रणालीलाई असर नपर्ने गरी मात्र विकास निर्माण गर्नुपर्ने भनिए पनि नगर प्रमुख भू-माफियाहरूसँगको साँठगाँठमा किसानको हितविपरीत निर्णय लाद्न खोजिरहेका छन्।"

प्रेस विज्ञप्तिमा नगर प्रमुखले प्रहरी प्रशासनको सहयोगमा किसान आन्दोलन दबाउन खोजेको आरोप लगाइएको छ। संघर्ष समितिले प्रहरी प्रशासनको अस्वाभाविक भूमिका रहेको भन्दै यसको निष्पक्ष छानबिनको माग गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूले पनि प्रहरी प्रशासन आन्दोलन दबाउन सक्रिय रहेको प्रमाणित गरेको समितिको दाबी छ।

नगर प्रमुखले पत्रकार सम्मेलनमार्फत किसानहरूसँग संवाद गर्ने नाटक गरेर विदेश भ्रमणमा निस्किएको आरोप लगाइएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नगर प्रमुखले नहरमा पर्याप्त पानी नभएको भन्दै हेडवर्क्सबाट आउने डिस्चार्ज ७०० मिलिलिटर प्रति सेकेन्ड मात्र रहेको बताएका थिए, जुन नगरवासीलाई भ्रम छर्ने प्रयास मात्र भएको किसानहरूको भनाइ रहेको छ।

खुट्टी खोला संघर्ष समितिले आन्दोलन जारी राख्ने घोषणा गर्दै निम्न मागहरू राखेको छ:

1. ह्युम पाइप हटाइनु पर्ने।

2. अतिक्रमित जग्गा तत्काल खाली गरिनु पर्ने।

3. उच्च अदालत जनकपुर राजविराज इजलासको आदेश पूर्णरूपमा कार्यान्वयन गरिनु पर्ने।

4. प्रहरी प्रशासन र नगर प्रमुखको साँठगाँठको छानबिन गरिनु पर्ने।

संघर्ष समितिले प्रदेश र संघीय सरकारसँग पनि किसान आन्दोलनको पक्षमा हस्तक्षेप गर्न आग्रह गरेको छ। यदि मागहरू पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ।

FB_IMG_1738398265342

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A