एकताको सन्देस दिएर मनाइयो जनयुद्ध दिवस लहानमा

  • फागुन १, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन १ गते 

नेकपा माओवादी केन्द्र लहानले पार्टीमा एकता कायम गरेर जाने सन्देस दिएको छ । 

विगत वर्षमा दुई ठाउँमा मानाउँदै आएको जनयुद्ध दिवस यस वर्ष ३० औ जनयुद्ध दिवस एकै ठाउँमा मनाएर यो सन्देस दिएको हो । 

लहान नगरपालिकाको २४ वटै वडाका नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पशुपति माविको खेल मैदानमा सयौको संख्यामा भेला भएर बजार परिक्रमा गरी कोण सभागरी सम्पन्न भएको थियो । 

कोणसभालाई नेकपा माओवादीका नेताहरु क्रमश: केस सुनिता सिंह ,जिकस तथा हान -२० का वडाध्यक्ष गणेश थारु, जिकस विजय गुप्ता र लहान नगर अध्यक्ष हेमन्त कुमार यादव, भगवानपुर गापा पार्टी अध्यक्ष राम विलास यादव र दलित नेता मनोज सदायले सम्बोधन गर्नु भएको थियो । उहाँहरुले लहानमा पार्टीलाई मजबुत बनाउन एक भएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

लहानको पार्टीमा देखिएको तिक्ता अन्तय गरेर जान मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादव सहइन्चार्ज विश्वनाथ साह र जिल्ला इन्चार्ज अजय शङकर नायकले निर्देशन दिनु भएको थियो । विगत वर्षहरु झै यस वर्षपनि दुई ठाउँमा जनयुद्ध दिवस मनाउने तयारी गरेको थाहा पाएपछि एकै ठाउँमा कार्यक्रम गर्न माथिल्लो कमिटिले निर्देशन दिएको थियो । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A