सबै कम्युनिष्टहरू एमालेमा एकीकृत हुन उपमहासचिव प्रदीप ज्ञवालीको आह्वान

  • फागुन १, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको स्थायित्व र समृद्धिको लागि सम्पूर्ण कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूलाई एमालेमा एकीकृत हुन आह्वान गरेका छन्। 

बुधबार नेकपा एमाले जिल्ला कमिटी सिराहाद्वारा आयोजित वडा केन्द्रित ३ महिने अभियान अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले विभाजनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताएका हुन्।

20250212_132806

ज्ञवालीले राजनीतिक असमझदारीलाई पछाडि पारेर एकताबद्ध शक्ति निर्माण गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको मार्ग रोज्नुपर्नेमा जोड दिए। "देशलाई समाजवादको मार्गमा लैजाने उद्देश्य प्राप्तिका लागि सबै कमरेडहरूलाई नेकपा एमालेमा समाहित भई योगदान गर्न आग्रह गर्दछु," उनले भने।

उनले माओवादी केन्द्रका कतिपय नेताहरूलाई अनावश्यक नाटक र नौटंकीमा समय बिताएको भन्दै आलोचना गरे। "राजनीतिमा नौटंकीले दीर्घकालीन सफलता दिलाउन सक्दैन," ज्ञवालीले भने। "हामीले दीर्घकालीन विकास र राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्छ।"

20250212_125906

ज्ञवालीले एमालेले स्थायित्व, सुशासन र दिगो विकासको लागि स्पष्ट कार्य योजना तयार पारेको दाबी गर्दै जनतालाई सकारात्मक परिवर्तनको अनुभूति गराउने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज गंगाप्रसाद यादव, प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, संघीय सांसद रामशंकर यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

ज्ञवालीले एमालेले देशको आर्थिक विकास, सुशासन र सामाजिक न्यायका मुद्दाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उल्लेख गरे। "अब सबै राष्ट्रवादी शक्तिहरू मिलेर राष्ट्र निर्माणको अभियानमा अघि बढ्नुपर्छ," उनले भने।

20250212_132112

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A