सिरहाको लहानमा न्यायको माग गर्दै विरोध र्‍याली

  • फागुन १२, २०८१
  • समृद्धिपथ
alt

 फिरोज सिद्दिकी 

लहान, माघ ११ गते । सिरहाको लहानमा बलात्कार, हत्या र जातीय छुवाछुतविरुद्ध न्यायको माग गर्दै विरोध र्‍याली निकालिएको छ। विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली रमेश महतो चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

विरोध प्रदर्शनमा सहभागीहरूले 'दण्डहीनताको अन्त्य गर', 'रिंकु सदालाई न्याय दे', 'कानूनी शासन सुनिश्चित गर', 'न्याय किनबेच गर्न पाइँदैन' जस्ता नारासहित प्रदर्शन गरेका थिए। कोण सभामा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय अध्यक्ष श्यामकुमारी साहको विशेष उपस्थिति रहेको थियो।

FB_IMG_1740378866574

वक्ताहरूले न्यायप्रणालीलाई प्रभावकारी बनाउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा मनोसामाजिक सहयोग सुनिश्चित गर्न माग गरे। उनीहरूले अपराधमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, मानव अधिकारको सम्मान हुनुपर्ने र कानूनी शासनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिए।

सिरहा जिल्लामा लगातार भइरहेको हिंसा, बलात्कार, हत्या तथा जातीय छुवाछुतजस्ता घटनाहरूले स्थानीयबासी चिन्तित बनेका छन्। पीडितका पक्षमा न्यायको सुनिश्चितता गर्न सरकारलाई दवाब दिने उद्देश्यसहित स्थानीय समुदाय तथा अधिकारकर्मीहरूले यस्ता विरोध कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

विरोध प्रदर्शनमा स्थानीय नागरिक, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

FB_IMG_1740378941795

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A