होली पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सिरहा प्रशासनको अपिल

  • फागुन २८, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा, फागुन २७ गते । नजिकिँदै गरेको फागु पूर्णिमा (होली) पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन सिरहा जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेको छ।  

जिल्ला प्रशासन कार्यालय, सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालद्वारा जारी सूचनामा सबै जिल्लावासीलाई शुभकामना व्यक्त गर्दै होली पर्वलाई सभ्य, भव्य तथा सौहार्दपूर्ण रूपमा मनाउन अनुरोध गरिएको हो।  

सूचनामा उल्लेख गरिएअनुसार, होली पर्वको बहानामा जबरजस्ती रंग हाल्ने, प्लास्टिकजन्य लोला प्रहार गर्ने, फोहोर छ्याप्ने, यात्रुहरूलाई दुःख दिने, बाटो अवरुद्ध गर्ने, सवारीसाधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलमा हो-हल्ला गर्ने तथा चर्को आवाजमा डीजे बजाउने जस्ता क्रियाकलापलाई निषेध गरिएको छ।  

यस्ता अवाञ्छित गतिविधि गरेमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ। प्रशासनले सबै नागरिकलाई सभ्य र सौहार्दपूर्ण वातावरणमा होली मनाउन आग्रह गर्दै शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ।

FB_IMG_1741758290761

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A