नेकपा एमाले सिरहा जिल्ला अधिवेशनका लागि तयारी तीव्र

  • चैत २१, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा । नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज एवं पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले सिरहा जिल्ला अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन जनवर्गीय संगठनहरुलाई निर्देशन दिनु भएको छ।

बिहीबार धनगढीमाई स्थित प्राकृति अस्पतालको सभा हलमा आयोजित नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरूको बैठकमा निर्देशन दिनु भएको हो।

उहाँका अनुसार करिब ५० हजारदेखि ६० हजारसम्म नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

श्रेष्ठले हालै सम्पन्न बैठकमा पार्टी संगठन सुदृढीकरण, अधिवेशनको सफल सञ्चालन तथा सहभागीहरूको व्यवस्थापन लगायतका विषयमा गहन छलफल भएको जानकारी दिनुभयो। उहाँले सिरहा जिल्ला अधिवेशनलाई ऐतिहासिक बनाउन सम्पूर्ण कार्यकर्तालाई एकजुट भएर लाग्न आह्वान गर्नुभएको छ।

नेकपा एमालेको सिरहा जिल्ला अधिवेशन आउँदो चैत २६, २७ र २८ गते हुने तय भएको छ। जसमा प्रमुख अतथि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउने जनाइएको छ।

यस अधिवेशनको तयारीलाई थप प्रभावकारी बनाउन जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरूलाई निर्देशन दिइएको छ।

बैठकमा एमालेका विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरू, नेताहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनलाई भव्य र सफल बनाउन आवश्यक तयारी तीव्र पारिएको आयोजक समितिले जनाएको छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A