पशुपति आदर्श मावि लहानको करोडौं भ्रष्ट्राचार प्रकरणमा अख्तियारको छानबिन, पूर्वमन्त्री पद्म नारायण चौधरी तानिए

  • जेठ ३, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । सिरहाको लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयले ८९ जना व्यापारीहरूसँग ९ वर्षअघि पसल सञ्चालनको नाममा उठाएको करोडौं रकममा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छानबिन प्रक्रिया थालेको छ।

आयोगले २०८१ साल चैत २५ गते लहान नगरपालिकालाई पत्र पठाउँदै संलग्न विवरण, प्रमाण र राय प्रतिकृया १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो। पत्रमा विद्यालयले कुन प्रयोजनका लागि रकम संकलन गर्‍यो, संकलित रकमको मात्रा कति हो, र सो रकम केमा खर्च भयो भन्नेबारे स्पष्ट विवरण दिन भनिएको छ।

आयोगले उक्त रकम संकलन सरकारी वा सामुदायिक विद्यालयलाई कानुनतः मिल्ने हो कि होइन भन्नेबारे समेत कानुनी आधारसहित जानकारी मागेको छ। व्यापारीहरूले विद्यालय खातामा जम्मा गरेको रकमको भौचर, सो समयको बैंक स्टेटमेन्ट, आ.व. २०७२/७३ र २०७३/७४ को लेखापरिक्षण प्रतिवेदन, तथा नगरपालिकाको छानबिन प्रतिवेदन समेत संलग्न गर्न भनिएको छ।

स्थानीय स्रोतका अनुसार विद्यालयले आफ्नो परिसरमा सटर बनाएर पसल सञ्चालन गराउने भन्दै प्रति व्यापारी दुईदेखि पाँच लाख रूपैयाँसम्म उठाएको थियो। व्यवस्थापन समितिको निर्णयअनुसार ८९ जना व्यापारीबाट संकलन गरिएको रकम ५ करोड रूपैयाँभन्दा बढी रहेको बताइएको छ। तर, सटर नबनाइ रकम दुरुपयोग भएको गुनासो व्यापारीहरूले गर्दै आएका छन्।

यो प्रकरणमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पद्म नारायण चौधरी पनि मुछिएका छन्। उक्त समयका प्रधानाध्यापक परमेश्वर राय हाल सेवा निवृत्त भइसकेका छन् भने विद्यालयको वर्तमान अध्यक्ष धिरेन्द्र चौधरीसमेत चौधरी समूहसँग नजिकको व्यक्ति भएको अभिभावकहरूले बताएका छन्। हालसम्म न सटर निर्माण गरिएको छ, न व्यापारीहरूलाई रकम फिर्ता दिइएको छ।

यस विषयमा अख्तियारले अनुसन्धान सुरु गरिसकेको छ भने लहान नगरपालिकाले पनि आन्तरिक छानबिन समिति गठन गरी आवश्यक कागजात संकलन गरिरहेको जनाएको छ। नगरपालिकाले निष्पक्ष, सूक्ष्म छानबिन गरी आवश्यक प्रमाणसहित प्रतिवेदन पठाएमा व्यापारीले न्याय पाउने र दोषीमाथि कारबाही हुने स्थानीय अगुवाहरूले विश्वास व्यक्त गरेका छन्।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A