लहानमा भव्य मोहम्मद डेको जुलुसको तयारी, झण्डा अनिवार्य, मोटरसाइकल र डिजे साउन्डमा रोक

  • भदौ १२, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । लहानमा यस वर्षको मोहम्मद डेको जुलुस आगामी भदौ २० गते शुक्रबार (जुमाको दिन) बिहान ८:३० बजे निकालिने भएको छ । जुलुस बाख्रा बजारबाट सुरु हुने जनाइएको हो।

यसका लागि बिहीबार बिहान युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल, लहान मुस्लिम समाज र विभिन्न मदरसाका प्रतिनिधिहरूबीच विशेष बैठक बसेको थियो । बैठकमा जुलुसलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन नियम बनाइएका छन् ।

बैठकले यसपटकको जुलुसलाई अझ अनुशासित बनाउन केही कडाइ गर्ने निर्णय गरेको छ । महिलाहरूलाई जुलुसमा सहभागी नगराइने, मोटरसाइकल लिएर आउन नपाइने, साउन्ड सिस्टम ठूलो स्वरमा बजाउन नपाइने नियम तोकिएको छ ।

त्यस्तै, हरेक सहभागीले आफ्नो घरबाट अनिवार्य रूपमा एउटा झण्डा बोकेर आउनुपर्ने व्यवस्था गरिएको छ । सुरक्षाको दृष्टिले प्रशासनलाई पत्र बुझाएर शान्ति–सुरक्षाको माग गर्ने निर्णय पनि भएको छ ।

IMG-20250828-WA0005 1

युथ मुस्लिम वेलफेयर सोसाइटी नेपालका अध्यक्ष इसराइल सिद्दिकीले भने, सबै मिलेर नियम अनुसार अघि बढ्यौँ भने यो कार्यक्रम सफल मात्र होइन, उदाहरणीय पनि हुनेछ। उनले, अनुशासन र सहकार्यमा रहेर कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गरेका छन्।

लहानमा मोहम्मद डेको दिन विगतमा पनि भव्य जुलुस निकालिँदै आएको छ । टोल टोलका मुस्लिम समुदाय झण्डा बोकेर एकै ठाउँमा भेला हुने, मुस्लिम नारा लगाउने, नात पढ्ने र सामूहिक रूपमा जुलुसमा सहभागी हुने परम्परा रहिआएको छ । तर, कहिलेकाहीँ भीड व्यवस्थापनमा समस्या देखिने गरेको अनुभव छ ।

यसपटक आयोजकहरूले सुरुमै कडाइका नियम तोकेकाले विगतका कमजोरी दोहोरिन नदिने विश्वास लिइएको छ ।

लहानबासीले जुलुसलाई धार्मिक श्रद्धा मात्रै नभई भाईचार र ऐक्यबद्धताको प्रतीकका रूपमा लिने गरेका छन् । व्यापारी र स्थानीय निकायका प्रतिनिधिहरूले पनि मर्यादित ढंगले सम्पन्न गर्न सहयोग गर्ने जनाएका छन् ।

कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायसँग आधिकारिक पत्राचार गर्ने तयारी गरिएको छ । सहभागी मदरसाका प्रतिनिधिहरूले विद्यार्थी र श्रद्धालुहरूलाई अनुशासनमा रहि सहभागी गराउने प्रतिबद्धता जनाएका छन् ।

मुस्लिम समुदायका लागि मोहम्मद डेको दिन विशेष महत्व राख्छ । यस दिन निकालिने जुलुसले समाजमा शान्ति, भाईचार र सहअस्तित्वको सन्देश दिने आयोजकको अपेक्षा छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A