लिटिल स्टार स्कूलमा रक्तदान कार्यक्रम सम्पन्न, विद्यार्थी–शिक्षकको उत्साहपूर्ण सहभागिता

  • भदौ १३, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, भदौ १३ गते । लहान–६ स्थित रहेको लिटिल स्टार सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आफ्नै सभा हलमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षक कर्मचारीहरूले रक्तदान गरेका हुन्।

विद्यालयका प्रिन्सिपल जयप्रकाश चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले भने, 'हाम्रो पनि सामाजिक उत्तरदायित्व छ। विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थी र ११३ जना शिक्षक कर्मचारीलाई कहिल्यै रगतको आवश्यकता पर्न सक्छ वा समाजमा पनि आवश्यक हुन सक्छ। केही हदसम्म भएपनि हामीले आफ्नो उत्तरदायित्व पूरा गर्ने प्रयास गरेका छौं।'

20250829_115259

प्रिन्सिपल चौधरीका अनुसार विद्यालयमा पहिलो पटक आधिकारिक रूपमा रक्तदान कार्यक्रम गरिएको भए पनि यसअघि विद्यार्थी तथा शिक्षक कर्मचारीहरूले रोटरी क्लब र लायन्स क्लबमार्फत नियमित रूपमा रक्तदान गर्दै आएका छन्।

नेपाल रेडक्रस सोसाइटी लाहान शाखाका प्रमुख मनिष यादवले अहिले लहानमा रगतको अभाव रहेको उल्लेख गर्दै विभिन्न संघ–संस्थाहरुलाई रक्तदान अभियानमा जोडिन आग्रह गर्दै आएका छन्। उनले भने, 'हाल लाहान शाखामा रगतको धेरै अभाव छ, त्यसैले हामी विभिन्न संघ–संस्थालाई रक्तदान कार्यक्रम गर्न आग्रह गरिरहेका छौं।'

कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका शिक्षक तथा विद्यार्थीहरूले समाजमा रक्तदानको महत्त्वबारे सकारात्मक सन्देश दिएको आयोजकहरूले बताएका छन्।

20250829_115717 20250829_114437

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A