गोपाल सेवा समिति लहानद्वारा वृक्षारोपण

  • भदौ १६, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ १६ गते

गोपाल सेवा समिति लहानले २४ औ स्थापना दिवसको अवसरमा जेएस मुरारका बहुमुखी क्यामपस लहानको खुल्ला मैदानमा वृक्षारोपण गरेको छ । 

वृक्षा रोपण कार्यक्रममा मधेश प्रदेशका वन तथा पर्यावरण मन्त्री सन्जय यादव लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी गोपाल सेवा समितिका अध्यक्ष गणेश यादव जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव समाजसेवी सत्य नारायण यादव वातावरणविद् दिनेश यादव क्यामपस प्रमुख सन्जय चौधरी सहायक क्यामपस प्रमुख सजन कुमार साह जेएस मुरारका माध्यमिक विद्यालय संयोजक जीवछ उदासी,सदस्य सुदिप महतो लगायतका विभिन्न दलका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । 

पर्यावरण जोगाउन वृक्षा रोपण कार्यलाई महत्व दिन स्थानीय सरकार विभिन्न संघ संस्थाहरुले ध्यान दिन आवश्यक भएको वन तथा पर्यावरण मन्त्री यादवले जोड दिनुभयो । 

 क्याम्पसको खुल्ला मैदानमा गोपाल सेवा समितिले वृक्षा रोपण कार्यक्रम गरेर राम्रो सन्देस दिइएको लहान नगरपालिका प्रमुख तथा क्याम्पस सञ्चालक समितिको अध्यक्ष समेत रहनु भएको महेश प्रसाद चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A