मृतक सदाय परिवारलाई राहत वितरण

  • भदौ १८, २०८२
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,भदौ १८ गते 

लहान-१९ कटहाका मृतक सदाय परिवारको घरमा पुगेर लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राहत वितरण गर्नु भएको छ । 

गएको शनिबार भदौ १४ गते विद्युत सिटि रिक्सामा करेन्ट लागेर ४७ वर्षिय चमकलाल सदायको मृत्यु भएको थियो । 

लहान वडा नम्बर -१९ का वडाध्यक्ष मो कमरुदिनले मृतक सदायको मृत्यु भएको जानकारी लहान नगरपालिकामा गराएपछि आज बुधवार १ क्विन्टल चावल ५ किलो दाल ३ किलो नुन र ३ लिटर तेल लिएर मृतक सदायको घर पुगेर राहत वितरण गर्नुभयो । 

राहत ग्रहण गर्दै मृतक सदस्यको पत्नी सावित्री सदस्यले कक्षा १२ उतीर्ण गरेको छोरा कृष्ण सदायलाई नगरपालिकामा रोजगारीमा लगाइ दिन माग गर्नुभयो । 

मृत्युदर्ताको प्रमाणपत्र लिएर लहान नगरपालिकामा आएपछि पाँच हजार नगद र छोरालाई रोजगारी दिइने विषयमा सोच्ने नगरप्रमुख चौधरीले विश्वास दिलाउनुभयो । मृतक सदस्यको एक छोरा र तीन छोरी र पत्नी रहेका छन्

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A