भानु आविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्याम सदाय

  • भदौ १८, २०८२
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,भदौ १८ गते 

लहान नगरपालिका -२ स्थित श्री भानु आधारभुत विद्यालयमा डाकिएको अभिभावक भेलाबाट आज श्याम सदाय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको छ । 

सदस्यहरुमा क्रमश: चौठी महतो,वविता राम,देवनाथ यादव सियाराम यादव शिक्षक प्रतिनिधि चाँदनी यादव र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक किन्त्रराज प्रसाद गुप्ता रहेका छन् । 

२०३९ सालमा स्थापना भएको भानु आधारभुत विद्यालयको हाल बेहाल भएपछि विद्यालयको सुधार गर्न र पुरानो साँख फिर्ता ल्याउन युवा प्रधानाध्यापक किन्त्रराज प्रसाद गुप्ता (सन्तोष ) लाई पठाएको लहान नगरपालिका शिक्षा शाखा प्रमुख अमिरी यादवले बताउनुभयो । उहाँले भन्नुभयो,''यस विद्यालयको सुधार गर्न प्रअ गुप्ताले थालेको अभियानमा सघाउन आवश्यक छ ।'' 

IMG_20250903_202326

कार्यक्रममा वडाध्यक्ष सियाराम यादवले प्रअ गुप्ताले खेलिरहेको भूमिकाले विद्यालयको सुधार हुने संकेत देखिएको बताउँदै वडा कार्यालयले सबै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गरीव दलित मुस्लिम यादव र महतोको बाहुल्य रहेको बस्तीमा रहेको पुरानो यस विद्यालयको अवस्था दयनीय देखिएपछि दरबन्दी कटा गरिएकोले सकारात्मक माहोल बनाउन सबैले सहयोग गर्नुपर्ने स्थानीय पुर्व वडाध्यक्ष रहनु भएको देव नाथ यादवले तर्क गर्नुभयो । 

कुनै बेला यादव महतो र मुस्लिम समुदायको विधार्थी पाढने यस विद्यालयमा अहिले दलित विपन्न समुदायको बालबालिका मात्रै भर्ना रहेको छ । 

सबैले सहयोग गरे विद्यालयको पुरानो साँख फिर्ता ल्याउन आफूले अहोरात्र खटेर काम गर्ने विश्वास प्रअ गुप्ताले व्यक्त गर्नु भएको थियो । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A