लिटिल स्टार स्कुलद्वारा बिरामीलाई फलफूल वितरण

  • असोज २९, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । सामाजिक उत्तरदायित्वका रूपमा लिटिल स्टार सेकेन्डरी इंग्लिश स्कुल, लहानले लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।

स्कुलले बिहीबार अस्पतालमा उपचाररत ८८ जना बिरामीहरूलाई केरा, स्याउ, हर्लिक्स, बिस्कुट र फ्रूटी जुससहितको फलफूल वितरण गरेको हो।

फलफूल वितरण कार्यक्रम स्कुलका फाउन्डर प्रिन्सिपल जय प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो।

20251015_115534

प्रिन्सिपल चौधरीका अनुसार, समाजसेवा र मानवताको भावना जगाउने उद्देश्यले हरेक वर्ष विद्यालयले यस्ता गतिविधिहरू आयोजना गर्दै आएको छ। उनले विद्यार्थीहरूमा करुणा, सहानुभूति र सेवाभावको भावना विकास गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए।

अस्पताल प्रशासनले विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यले बिरामीहरूमा मानसिक सान्त्वना र सकारात्मक ऊर्जा प्रदान गर्ने उल्लेख गरेको छ।

 

Screenshot_20251015_144427_Gallery 20251015_114406 20251015_114402 20251015_115211 20251015_114430

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A