बालेन्द्र साह र केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधि सभा उम्मेदवार बन्दै

  • माघ ६, २०८२
  • समृद्धिपथ
alt

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन झापा क्षेत्र नम्बर ५ पुगेका छन्। उनका अनुसार मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता हुने कार्यक्रम तय गरिएको हो।

सोही क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन्। सचिवालयको जानकारी अनुसार ओलीले मंगलबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेका छन्।

ओली सोमबार नै झापा पुगेका थिए भने बालेनले जनकपुरमा रहेका कार्यक्रममा सहभागी भइ सकेर मंगलबार मात्र झापा पुगेका हुन्। बालेनले सामाजिक सञ्जालमार्फत पनि आफू झापा–५ पुगेको जानकारी गराएका छन्।

झापा–५ मा बालेन र ओली बीचको चुनावी प्रतिस्पर्धाले यस क्षेत्रको राजनीति फेरि तातो बनाउने अपेक्षा गरिएको छ।

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A