कडा प्रतिस्पर्धाले सप्तरी–२ को चुनाव झन् अनिश्चित

  • माघ २०, २०८२
  • समृद्धिपथ
alt

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक राजनीतिक प्रयोगशालाजस्तै बनेको छ । यहाँ चुनाव जित्नेभन्दा पनि हार्ने इतिहास दोहोरिने गरेको छ । २०५६ सालयता कुनै पनि उम्मेदवारले लगातार जित निकाल्न नसकेको यो क्षेत्र यसपटक पनि बहुकोणीय प्रतिस्पर्धाका कारण अत्यन्तै अनिश्चित देखिएको छ ।

यो क्षेत्रको चुनावी चरित्र नै मतदाताको असन्तोष, परीक्षण र परिवर्तनसँग जोडिएको छ । २०४८ र २०५१ मा गजेन्द्रनारायण सिंहले जितेपछि २०५६ मा १७ मतले पराजय भोग्नुपर्‍यो । त्यसयता मतदाताले पटक–पटक नयाँ अनुहार र नयाँ दललाई अवसर दिँदै आएका छन् । यही प्रवृत्तिले २०७४ मा उपेन्द्र यादव र २०७९ मा डा. सिके राउतलाई जित दिलायो । तर जित निरन्तर बन्न सकेन ।

२०७९ मा दोब्बर मतान्तरले पराजित भएपछि उपेन्द्र यादवले यसपटक क्षेत्र परिवर्तन गरेका छन् । तर यादव नहुँदा पनि सप्तरी–२ को प्रतिस्पर्धा सहज भने छैन । डा. सिके राउत दोहोरिएर मैदानमा छन् । उनकै दलबाट सरकारको नेतृत्व गरिसकेका सतीशकुमार सिंह भने स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका छन् । यसले जनमत पार्टीको मत आधारमै प्रभाव पार्ने सम्भावना देखिन्छ ।

त्यसैगरी जनमतका पूर्वप्रवक्ता डा. शरतसिंह यादव, जसपा नेपालबाट पूर्वमन्त्री उमेशकुमार यादव, नेपाली कांग्रेसबाट रामकुमार यादव, एमालेबाट मोहम्मद जियाउल हकसहित ३४ जना उम्मेदवार मैदानमा छन् । मत विभाजनको सम्भावना यसपटक झन् बलियो देखिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार सप्तरी–२ मा दलभन्दा पनि उम्मेदवारको छवि, विगतको व्यवहार र स्थानीय सरोकार निर्णायक बन्दै आएको छ । मतदाता सजिलै भावनामा बग्नेभन्दा पनि परीक्षण गरेर मतदान गर्ने भएकाले दोहोरिएर जित्न नसक्ने इतिहास बनेको उनीहरूको बुझाइ छ ।

अहिले सबै उम्मेदवार गाउँ–टोल केन्द्रित संवाद, भेटघाट र छलफलमा व्यस्त छन् । तर मतदाताको मन अझै खुलिसकेको छैन । यही मौनता नै सप्तरी–२ को चुनावी संकेत मानिन्छ । विगतको इतिहास र वर्तमानको बहुकोणीय प्रतिस्पर्धाले हेर्दा, यस क्षेत्रको परिणाम यसपटक पनि अन्तिम क्षणसम्म पेचिलो रहने निश्चितजस्तै देखिएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A